२०८१, ७ बैशाख शुक्रबार

काभ्रेका चार स्थानीय तहमा सवारी साधन प्रवेशमा रोक

काभ्रेका चार स्थानीय तहमा सवारी साधन प्रवेशमा रोक


धुलिखेल, १० चैत्र । काभ्रे जिल्लाका चारवटा स्थानीय तहले आ–आफ्नो सीमा नाकाबाट सवारी साधन प्रवेशमा रोक लगाएका छन् । जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले आज साँझ ६ बजेदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । आज दिउँसो कार्यपालिकाको आकस्मिक बैठक बसेर साँझ ६ बजेदेखि अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको थियो । अर्को सूचना जारी नहुँदासम्मका लागि सवारीसाधन सञ्चालन हुन नपाउने प्रवक्ता प्रविन मोक्तानले जानकारी दिएका छन् ।

त्यसैगरी बनेपा नगरपालिकाले पनि अरनीको राजमार्गबाहेक अन्य ठाउँमा सवारी साधन ठप्प गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलले जनाएका छन् । अरनीको राजमार्गमा गाडी गुडे पनि साँगादेखि धुलिखेल नगरपालिकाको सिमासम्म यात्रु ओराल्न र चढाउन नपाइने नियम बनाएको छ ।

त्यस्तै धुलिखेल नगरपालिकाले पनि अत्यावश्यकबाहेक सार्वजनिक र निजी यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नारानाथ लुइटेलकाअनुसार एम्बुलेन्स, दूध, तरकारी, खाद्यन्न ढुवानी गर्ने यातायातका साधन भने सञ्चालन हुनेछन् । यसैबीच खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेकाअनुसार भोली विहानदेखि गाउँपालिकाबाट सवारी आवगमन पूर्ण रुपले बन्द गरिएको जनाएका छनद् । अत्यावश्वकबाहेक कुनै पनि नाकाबाट सवारी आवगमन गर्न नपाइने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : ४९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता