२०८०, १५ चैत्र बिहीबार

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएका नेपाली नागरिकमा भेटियो कोरोना

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएका नेपाली नागरिकमा भेटियो कोरोना


काठमाडौं, १० चैत । कोभिड १९, कोरोना भाइरसबाट जोगिन सरकारले सजगता अपनाइरहेका बेला संघीय राजधानी काठमाडौंमा यसबाट संक्रमित भएका विरामी भेटिएका छन् । फ्रान्सबाट काठमाडौं आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन् ।

कोरोना संक्रमित विरामी कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणका क्रममा हिजो आइतबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्री ढकालले महाव्याधीको यो समयमा धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिई सहयोग गर्न सबैलाई अपील गरेका छन् । यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । पर्सा वीरगन्जका व्यापारी शिवकुमार रुङ्गटामा कोरोना संक्रमण भई भारतको पटनामा उपचाररत रहेको भनिएकोमा उनको रिपोर्ट भने निगेटिभ आएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । सरकारले आजैबाट देशभित्र चल्ने लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  १ : ३० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय