२०८१, ७ बैशाख शुक्रबार

राष्ट्रिय युवा संघ धुलिखेलद्वारा नगरबासिको स्वास्थ्य सुरक्षाको माग गर्दै नगरप्रमुखको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ धुलिखेलद्वारा नगरबासिको स्वास्थ्य सुरक्षाको माग गर्दै नगरप्रमुखको ध्यानाकर्षण


धुलिखेल, ९ चैतः राष्ट्रिय युवा संघ धुलिखेलले नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणको रोकथामका लागि नगरपालिको भरपर्दो योजनाको माग गर्दै संघले आइतबार ज्ञापन पत्र बुझाइएको राष्ट्रिय युवा संघ धुलिखेल नगर कमिटीका अध्यक्ष सिबी तामाङले जानकारी दिए ।

ज्ञापन पत्र मार्फत संघले नगरबासिहरुका लागि कोरोना भाइरस विरुद्धको अभियान सञ्चालन गर्न वडाहरुमा जनप्रतिनिधि र सरोकारवाला पक्षहरुको उचित परिचालन गर्न नगरप्रमुख ब्याञ्जु श्रेष्ठको ध्यानाकर्षण गराएको हो । नगरपालिकाले आवश्यकता महशुल गरेर स्वयमसेवी भएर काम गर्न तयार रहेको संघले जनाएको छ । संघले वडा नम्बर १० र ६ मा बाहेक अन्य वडाहरुमा प्रभावकारी प्रचार प्रसार र सर्थकताका बारे गतिविधि भएको भन्दै तत्काल सबै शक्ति परिचालन गर्न अनुरोध गरेको छ ।

संघको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई आफ्नो सम्पुर्ण संयन्त्र परिचालन गर्न, आवश्यक परेमा स्थानीय संघसंस्था, क्लबका युवालाई समेत जनचेतना फैलाउने काममा परिचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ८ : ३९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता