२०८१, ९ बैशाख आईतबार

महाभारतको ४ नाकामा स्वास्थ्य परीक्षण, एक ठाउँमा क्वारेन्टाइन

महाभारतको ४ नाकामा स्वास्थ्य परीक्षण, एक ठाउँमा क्वारेन्टाइन


धुलिखेल, ९ चैतः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा रहेको महाभारत गाउँपालिकाले कोरोना भाइरसको रोकथामका लागि पालिकाभित्र प्रवेश गर्ने ४ वटा नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ ।  आइतबार पालिकामा बसेको कार्यपालिका बैठकले बुढाखानी डाँडा, बुढाखानीकै कलवन, बनखुका राङचा र गोकुलेको रञ्जेडाँडामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण सुरु गर्ने निर्णय गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।

कार्यपालिका बैठकले उपाध्यक्ष चेतकुमारी माझीको संयोजकत्वमा उद्धार समिति बनाएको छ । वडा नम्बर ४ मा रहेको महासिद्धी प्राथमिक विद्यालयको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने पनि निर्माण गरेको छ । त्यसैगरी अत्यावश्क बाहेक राती ६ बजेपछि महाभारत गाउँपािलकाभित्र सवारी साधन चलाउन रोक लगाउने निर्माण पनि गरेको छ ।
पालिको अन्य निर्णय यस्तो छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ६ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने