२०८०, १५ चैत्र बिहीबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो नआत्तिनुस्, ‘निःशुल्क एम्बुलेन्सको ब्यवस्था छ’

मण्डनदेउपुर नगरपालिकाले भन्यो नआत्तिनुस्, ‘निःशुल्क एम्बुलेन्सको ब्यवस्था छ’


धुलिखेल, ९ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले निःशुल्क एम्बुलेनस सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकामा आज सबेको आकस्मिक बैठकले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य परीक्षण गराउने क्रममा धेरै ज्वरो आएको भेटिएमा अस्पताल पुर्याउन नगरपालिकाले तुरुन्तै नगरपालिका भित्रका ३ वटा एम्बुलेन्सले निःशुल्क रूपमा ल्याउन लैजाने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । नगरपालिकाले नगरकोट सडक, कात्तिके सडक, जिरो किलोमीटर सडक, सिपाघाट तिनकुने सडक, ज्याम्दिको देउराली सडक, दोलालघाट ज्याम्दी सडक अन्तर्गत स्वास्थ्य चौकि भिमटार, मुख्य बजार कुन्ताबेशी र नगरपालिकाको कार्यालयमा नगरभित्र कार्यरत स्वास्थ्य कर्मीको नेतृत्वमा हेल्थ डेस्क (स्वास्थ्य परिक्षण केन्द्र) स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

बैठकले सम्पुर्ण नगर बासिहरुलाइ निःशुल्क मास्क वितरण गरिने निर्णय गरेको छ । नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकिहरुमा पानी र सेनिटाइजरको ब्यवस्थापन गरि सेवाग्राहीलाइ हात धुने ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ६ : ०१ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय