२०८१, ८ बैशाख शनिबार

काभ्रेको भैँसेपाटीमा सवारी दुर्घटनाः बाउ-छाेराकाे मृत्यु

काभ्रेको भैँसेपाटीमा सवारी दुर्घटनाः बाउ-छाेराकाे मृत्यु


धुलिखेल, ९ चैतः बनेपा नगरपालिका वडा नम्बर १३ भैँसे पाटी सवारी दुर्घटना हुदाँ बाउ छाेराेकाे ज्यान गएको छ । आइतबार (आज) विहान साढे ६ अरनिको राजमार्गमा मिनी ट्रक र मोटरसाइकल आसपासमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

मोटरसाइकलमा सवार १९ बर्षीय सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोदिएका थिए । घटना लगत्तै पुगेको प्रहरीले घाइतेलाई शीर मेमोरियल अस्पताल पुर्याएको थियो ।

मिनी ट्रक चालक रामेछाप खाँडादेवि गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साउ गंगा तिमिल्सिनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ७ : ५३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता