२०८१, ८ बैशाख शनिबार

काभ्रेको सरकारी कार्यालयमा हात धोएर मात्रै प्रवेश गर्न पाइने

काभ्रेको सरकारी कार्यालयमा हात धोएर मात्रै प्रवेश गर्न पाइने


धुलिखेल, ६ फागुनः अब देखि काभ्रे जिल्लाका सरकारी कार्यालयहरुमा हात धोएर मात्रै प्रवेश गर्न पाइने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकरी दिए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा आज धुलिखेलमा बसेको कोभिड–१९ को विपद सम्बन्धी बैठकले ९ वटा निर्णय गरेको छ । बैठकले ग्यास, खाद्य सामग्री, औषधिको कृतिम अभाव र कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गर्ने जनाएको छ । बैठकले कोभिड–१९ सम्बन्धी तत्कालन उद्दार समुह (क्यूआरटी) को ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

त्यस्तै जिल्ला भरको स्वास्थ्य कर्मीलाई अत्यावशयक काम बाहेक बिदामा बस्न नदिने पनि निर्णय गरेको छ । बैठकले १३ वटै स्थानीय तहरुलाई क्वारेन्टाइन र खुल्ला क्षेत्र तत्काल तोक्न पनि भनेको छ । बैठकले सीट क्षमता भन्दा बढी यात्रुहरु ओसारपसार गर्न नदिन जिल्ला प्रहरी कार्यालयको कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ५ : ४७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता