२०८१, ८ बैशाख शनिबार

सुनकोशी बगरमा काभ्रेका स्थानीयले स्काभेटरको चाबी थुते

सुनकोशी बगरमा काभ्रेका स्थानीयले स्काभेटरको चाबी थुते


धुलिखेल, ४ चैतः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १०  बिमेरे गाउँका स्थानीयले स्काभेटरको चाबी खोसेका छन् । आफुहरुको बगरमा आएर जर्बजस्ती सुनकोशी नदीको बहाव फर्काउन खोजेपछि स्थानीयले स्काभेटरको चाबी खोसेका हुन् ।

भुम्लु गाउँपालिका वडा नम्बर ७ मा रहेको क्रसर उद्योगको स्काभेटर बिमेरे गाउँको बगरमा आएर नदी बहाव फर्काउन थालेपछि चाबी खासेको बताइएको छ । वडा नम्बर १० को बिमेरे गाउँमा १७ घर तामाङ र माझी समुदायको बस्ती छ ।

स्थानीयले चाबी खोसेपछि वडाध्यक्ष, प्रहरी, क्रसर उद्योगका प्रतिनिधि बिमेरे गाउँ पुगेका थिए । जनप्रनिधि र प्रहरी प्रशासनको उपस्थितिमा अबदेखि नदीको बहावमा कुनै छेकबार नगर्ने सहमति पछि चाबी फिर्ता गरिएको स्थानीय धन बहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ४ : ०८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता