२०८१, १३ बैशाख बिहीबार

कोरोना भाइरस सचेतनामा बनेपा प्रहरीको सक्रियताः निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण

कोरोना भाइरस सचेतनामा बनेपा प्रहरीको सक्रियताः निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण


धुलिखेल, २ फागुनः चौतरर्फी कोरोना भाइरसको त्रास फैलिरहेको बेला इलाका प्रहरी कार्यालय बनेपाले सचेतना मुलक कार्यक्रम सुरु गरेको छ । आइतबारबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मास्क वितरण र स्वास्थ्य परीक्षण सुरु गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले शीर मेमोरियल अस्पताल बनेपा र बनेपा हेल्थ केयर प्रा.लिको मिलेर सर्वधारणको स्वास्थ्य परिक्षण र निःशुल्क मास्क विरतण कार्यक्रम सुरु गरेको हो । इप्रका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाका अनुसार आइतबार ५ सय थान मास्क वितरण गरिएको छ । त्यस्तै १८ सय जना सर्वसारधणको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ चारदोबाटोमा हेल्प डेक्स स्थापना गरेको छ । प्रहरीले दुई अस्पतालको सहयोगमा निःशुल्क सुगर र प्रेसर जाँच गर्ने गरेको छ । त्यस्तै कोरोना भाइरसबाट खोगिने पर्चा र पम्प्लेट पनि वितरण गर्ने गरेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी बताए । उनले यसलाई अभियानकै रुपमा निरन्तरता दिने बताए । ‘अहिले समाजमा जुन त्रास देखिएको त्यसलाई चिर्न प्रत्यक्ष चिकित्सकहरुसँग सर्वसाधरणले साक्षात्कार समेत गर्ने वातावणर मिलेको छ, उनले भने ‘यसलाई हामीले निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ८ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने