२०८१, ८ बैशाख शनिबार

माछा पालनमा पाँचखाल नगरपालिकाको जोड

माछा पालनमा पाँचखाल नगरपालिकाको जोड


धुलिखेल, २ फागुनः ताजा तरकारी उत्पादनमा आत्मनिर्भर रहेको पाँचखाल नगरपालिकाले किसानलाई माछा पालनमा पनि जोड दिन थालेको छ । कुखुरा, बाख्रा र भैसीँ पालनमा पनि आत्मनिर्भर रहेको नगरपालिकाले माछा पालनलाई विशेष महत्व दिएको कृषि शाखा प्रमुख दत्त प्रसाद गौतमले बताए ।

कृषि शाखाले माछा पालनलाई ब्यवसायीक रुपमा लैजाने हिसाबले आइतबारबाट तालिम समेत सुरु गरेको छ । पशुपंक्षी तथा मत्स्य पालन नाम दिइएको तालिममा नगरभित्रका ३० जना किसान सहभागि छन् । तालिम ४ गतेसम्म चल्नेछ । पाँचखाल बोइलर कुखुरा पकेट क्षेत्र समेत हो । प्रत्येक वडाबाट ३÷३ जना र अन्य किसान सेवा केन्द्र मार्फत सहभागि रहेको गौतमले बताए ।

नगरभित्रका करिब १ हजार जनाले बोइलर कुखुरा पाल्ने गरेका बताइएको छ । पालिकाभित्र माछा पालन गर्ने किसानको संख्या निकै कम रहेको भन्दै ब्यवसायी माछा पाल्ने किसानको संख्या बढाउन तालिम सुरु गरिएको कृषि शाखाका प्रमुख गौतमले बताए । ‘नगरपालिका दूध र मासुमा आत्मनिर्भर छ, उनले भने ‘अब ब्यवसायीक रुपमा माछा पालन गर्ने किसानको संख्या बढाउन आवश्यक ठानेर तालिमको सुरुवात गरेका हौँ, हाम्रो चाहाना भनेको माछा पनि तरकारी, मासु र दूध जस्तै देशका विभिन्न ठाउँमा निर्यात गर्न पाइयोस् ।’

उनका अनुसार पाँचखालबाट दैनिक २५ हजार लिटरभन्दा बढी दूध राजधानी निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ४ : ५१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता