२०८१, ८ बैशाख शनिबार

रेडक्रसमा छानबिनको माग

रेडक्रसमा छानबिनको माग


काठमाडौँ, १ चैतः नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिएका छन् । उनीहरूले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गरेका हुन् । सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताए ।

समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

रासस

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : ३९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता