२०८१, १० बैशाख सोमबार

अमेरिमा राष्ट्रिय आपतकाल घोषणा

अमेरिमा राष्ट्रिय आपतकाल घोषणा


काठमाडौं, १ चैतः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन ।

ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास लिइएको छ । ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए । ट्रम्प प्रशासन बृहत कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै आलोचना हुंदै आएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरूलाई आपतकालीन तयारी योजनाहरू सक्रिय गर्न भनिएको छ । ५ लाखसम्म थप कोरोनाभाइरस परीक्षणहरू अर्को हप्ताको सुरूमा उपलब्ध बताइएको छ । ट्रम्पले यसअघि पनि धेरै राष्ट्रिय आपतकाल घोषणा गरिसकेका छन् । तर महामारीविरुद्ध लड्ने यो आदेश भने स्वाइन फ्लूविरुद्ध बाराक ओबामाले घोषणा गरेको आपतकाल पछिको पहिलो हो ।

अमेरिकामा कोविड नाइन्टिनका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय १ जना संक्रमित छन् । धेरै राज्यहरूले संक्रमण रोक्न ठूला जमघटमा प्रतिबन्ध, खेलकुद प्रतियोगिता र शिक्षण संस्था बन्द गर्ने लगायतका निर्णयहरु गरेका छन् । गत डिसेम्बरमा चीनबाट यो भाइरस फैलिए पनि अहिले युरोप विश्वव्यापी महामारीको केन्द्र बनेको छ । धेरै युरोपेली मुलुकहरुले संक्रमित र मृत्यु हुनेको संख्या बढेको बताएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा २ सय ५० जनाको मृत्यु भएको छ । त्यहां अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ सय ६६ र १७ हजार ६६० जना संक्रमित भएका छ । (एजेन्सी)

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : ०४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने