२०८१, ७ बैशाख शुक्रबार

उद्योगमन्त्री भट्टद्वारा छड्के अनुगमन

उद्योगमन्त्री भट्टद्वारा छड्के अनुगमन


काठमाडौं, १ चैतः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा छड्के अनुगमन गरेका छन् । उनले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरे । शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर उनी छड्के अनुगमनका लागि निस्किएका थिए । डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।

एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्छन् । नुनको मूल्य सोध्दा डिमार्टमेन्टल सञ्चालक महिलाले एक प्याकेटको २५ रुपैयाँ बताउँछिन् । त्यसपछि मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भन्छन् । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेको एक भिडियोमा देखिन्छ ।

मन्त्री भट्टको सचिवालयका एक सदस्यका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ । पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।

यसअघि मन्त्री भट्टले काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए । कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुका साथै मास्क र स्यानिटाइजरको कालोबजारी बढेको छ । उपभोक्ताले खाना पकाउने ग्यासको चर्को अभाव झेलिरहेका छन् ।

अनलाइन खबरबाट

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ९ : ५१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता