२०८१, ४ बैशाख मंगलबार

धुलिखेल नगरपालिकामा वडाले नै उत्पादन गर्यो मास्क, ४ सय विद्यार्थीलाई वितरण

धुलिखेल नगरपालिकामा वडाले नै उत्पादन गर्यो मास्क, ४ सय विद्यार्थीलाई वितरण


धुलिखेल, २७ फागुनः बजारमा मास्कको हाहाकार भइरहेको बेला धुलिखेल नगरपालिकाको वडा नम्बर १० ले भने आफैले उत्पादन गरेर बालबालिकालाई वितरण गरेको छ । वडा कार्यालयले आफैले उत्पादन गरेको मास्क वडाभित्रका ४ सय विद्यार्थीलाई मंगलबार वितरण गरेको वडाध्यक्ष पुष्पराज राउतले जानकारी दिए ।

वडामा रहेको कालिका माध्यमिक विद्यालय र बालज्योती आधारभुत विद्यालयका ४ सय बालबालिकालाई मास्क वितरण गरिएको हो । कपडा किनेर स्थानीय स्तरमै मास्क बनाइएको वडाध्यक्ष राउतले बताए । ‘अहिले बजारमा मास्कको चरम अभाव सिर्जना गरिएको छ, पैसा हुनेले त महँगो नै भएपनि किनेर लगाउँलान्, उनले भने ‘गाउँघरसम्म सर्जिकल मास्क पुग्न निकै मुस्किल छ, त्यसैलाई मध्यनजर राखेर हामी आफैले मास्क उत्पादन गरेर बालबालिकालाई वितरण गरेको हौँ ।’

उनका अनुसार यो अभियान प्रभाविकारी भए बृद्धाबृद्धहरुलाई पनि स्थानीय स्तरमै उत्पादन गरेर मास्क वितरण गरिनेछ । वडामा करिब २ हजार ३ सय जनसंख्या रहेको छ । ‘यो सर्जिकल मास्क त होइन्, तर धुलो, धुवाँ छेक्न मद्दत पर्छ, वडाध्यक्ष राउतले भने ‘यो अभियान प्रभावकारी भए मास्क उत्पादन गरेर वडाका सबैलाई वितरण गर्छौँ ।’

वडा बालबालिकालाई ४ सय वटा हातधुने साबुन पनि वितरण गरेको छ । यो वडा बालमैत्री वडा समेत हो । ‘हामीले बालबालिकालाई हातधुने साबुन पनि वितरण गरेका छौँ, यो विपद्को समय हो, बजारमा भएको हाहाकार टार्न वडा आफैले मास्क उत्पादन गरेका हौँ ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ६ : १३ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता