२०८१, १३ बैशाख बिहीबार

बेथानचोक गाउँपालिकामा ३ वटा वडाको पनि नयाँ भवन बन्ने

बेथानचोक गाउँपालिकामा ३ वटा वडाको पनि नयाँ भवन बन्ने


धुलिखेल, २२ फागुनः काभ्रेको बेथान्चोक गाउँपालिकामा तीन वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । जिल्ला समन्वय समितिको ६० प्रतिशत अनुदान र पालिकाको बजेटले वडा कार्यालयको नयाँ भवन निर्माण हुनेछ ।

१, ३ र ४ नम्बर वडा कार्यालयको नयाँ भवन बन्न लागेको पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले जानकारी दिए । वडा नम्बर २ ले पहिलाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

५ र ६ नम्बर वडा कार्यालयको भने मर्मतका लागि बजेट विनोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । वडा कार्यालयको नयाँ भवन निर्माणका लागि ६० लाख रुपैयाँ खर्च हुनेछ । नयाँ भवन दुई तल्ले र आठ कोठाको बन्नेछ । नयाँ निर्माण हुने र मर्मत हुने सबै काम चालु आर्थिक वर्षभित्रै सकिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

त्यस्तै चालु आर्थिक वर्षभित्रै पालिकाले १ र ३ नम्बर वडामा स्वास्थ्य चौकीको नयाँ भवन बनाउने भएको छ । ४ नम्बर वडाको भने मर्मत गरिनेछ ।

यसैबीच पालिकाले वडा नम्बर २ मा सामुदायिक पुस्कालय सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि नयाँ भवन पनि यसै वर्षभित्र बनाइसक्ने गरी काम सुरु भएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २२ फाल्गुन बिहीबार  ६ : ०५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने