२०८१, ७ बैशाख शुक्रबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो नगरपालिकाको नामसँग जोडिएका अन्य सामाजिक सञ्जाल बन्द गर

मण्डनदेउपुर नगरपालिकाले भन्यो नगरपालिकाको नामसँग जोडिएका अन्य सामाजिक सञ्जाल बन्द गर


धुलिखेल, २० फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाको नाम र लोगो सहितको फेसबुक पेज विभिन्न ब्यक्तिले सञ्चालनमा ल्याएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सुचना निकालेर विभिन्न ब्यक्ति र संस्थाले नगरपालिकाको लोगो दुरुपयोग गरेको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

नगरपालिकासँग नाम जोडेर सञ्चालनमा ल्याइएका सामाजिक सञ्जालमा जथाभावी सामग्री राखे साइबर अपराध अन्तर्गत कारबाही गरिने समेत उल्लेख गरिएको छ । जिल्लामा मण्डनदेउपुर नगरपालिकाको नाममा धेरै सामाजिक सञ्जालको अकाउण्ट भेटिन्छ । नगरपालिकाको आधिकारिक अकाउण्ट पत्ता लगाउननै सामाजिक सञ्जाल प्रयोग कर्तालाई अप्ठ्यारो परेपछि पालिकाले यस्तो आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ७ : ०४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता