२०८१, ११ बैशाख मंगलबार

चीनको राजदुतमा पाण्डे सिफारिस पौडेललाई फिर्ता बोलाइयो

चीनको राजदुतमा पाण्डे सिफारिस पौडेललाई फिर्ता बोलाइयो


काठमाडौं–१९, फागुन : सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्दै लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएको थियो । तत्कालिन पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकार पौडेलाई राजदुत नियुक्ति गरे.को थियो ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएको मन्त्री परिषदका एक सदस्यले बताए ।

पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाइएको छ । उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाइएको छैन । पौडेललाई फिर्ता बोलाउने विषयमा यसअघि पनि मन्त्रीपरिषद्मा छलफल भएको थियो । नयाँ राजदुत पाण्डेका विषयमा संसदीय सुनुवाई हुन बाँकी छ । वर्तमान प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि महेन्द्रबहादुर पाण्डेलाई चीनकै लागि राजदुत बनाउने निर्णय भएको थियो । लगत्तै तत्कालिन ओली सरकार ढलेपछि पाण्डेको निर्णय बदर गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौडेललाई चीनको राजदुत नियुक्त गरेको थियो ।

अहिले वहिर्गमित हुँदै गरेका पौडेलको ४ वर्षे कार्याकाल सकिन केही महिना मात्रै बाँकी छँदा पाण्डेको सिफारिस भएको हो । जनकारहरुकाअनुसार पौडेलप्रति प्रधानमन्त्री ओली सन्तुष्ट थिएनन् । पौडेलको परराष्ट्र मन्त्रलयसँगको सम्बन्ध पनि राम्रो थिएन ।

प्रकाशित मिति : २०७६, १९ फाल्गुन सोमबार  १२ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने