२०८१, ९ बैशाख आईतबार

तेमालका महिलालाई ब्यूटिपार्लरको तालिम

तेमालका महिलालाई ब्यूटिपार्लरको तालिम


धुलिखेल, १८ फागुनः तेमाल गाउँपालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सुरु गरेको छ । एक महिनासम्म चल्ने तालिमको आइतबार पालिकाका प्रमुख सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गा माया तामाङले शुभारम्भ गरे ।

सीप मार्फत उद्यमी बनाउने उद्देश्ले पालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सञ्चालन गरेको जनाएको छ । पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा विभिन्न वडाका २० जना महिला महिला सहभागि रहेको पालिका प्रमुख सलाम सिंह तामाङले जानकारी दिए । ‘गाउँपालिका सबै जनालाई सीप युक्त बनाउने योजनामा छ, सीप किसाउने मात्रै होइन् प्रमुख तामाङले भने ‘सीप सिकेपछि उत्पादन भएको वस्तुहरुलाई बजार पुर्याउने छ ।’ तालिम पालिकाको केन्द्र पोखारीनारायणस्थानमै सञ्चालन भइरहेको छ ।

तालिमको उद्घाटनमा बोल्दै पालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले महिलाहरु सक्षम भए घर परिवार नै सक्षम हुने बताइन् । सीपले मानिसलाई क्षमतावान बनाउने उनको भनाइ थियो । ‘के गर्दा महिलाहरुको समय सापेक्षित रुपमा सक्षम हुन्छ भन्ने विषयमा पालिका गम्भिर भएर लागिरहेको छ, उनले भनिन् ‘तपाईहरुको सरकार हो, तपाईहरुले गर्न चाहेको काम, योजना लिएर पालिकामा आउनोस्, हामी हात्तेमालो गर्न तयार छौँ ।’

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ७ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने