२०८१, ७ बैशाख शुक्रबार

धुलिखेल नगरपालिकामा अनुगमन समितिले सक्रियता बढायो

धुलिखेल नगरपालिकामा अनुगमन समितिले सक्रियता बढायो


धुलिखेल, १८ फागुनः धुलिखेल नगरपालिकाको योजना अनुगमन समितिले सक्रियता बढाएको छ । उपप्रमुख बिमला शर्मा संयोजक रहेको समितिले नगरभित्र चालु आर्थिक वर्षभित्र सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तिब्रता दिएको हो । समितिले पछिल्लो एक हप्ताको बीचमा आधा दर्जन भन्दा बढी नगरस्तरीय योजनाहरुको अनुगमन सकाएको छ ।

समितिले आइतबार वडा नम्बर ४ को सेतीदेवी मार्ग ढलान, वडा नम्बर ५ श्रीखण्डपुरको महाकाली टोल जाने बाटोको ग्राभेल तथा स्तरोन्नतिको योजना अनुगमन गरेको हो । त्यस्तै नगर स्तरीय योजना अन्तर्गत वडा न ३ मा निर्माणाधिन ट्रिटमेन्ट प्लान्टको अनुगमन गरिएको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले बताए ।

यसअघि अनुगमन समितिले नगर स्तरीय योजना अन्तर्गत वडा नम्बर १ देबिटारको डुडामुख–घुमाउने चौर सडक र फोक्से भिर खानेपानी आयोजनाको अनुगमन गरेको थियो । सोहि दिन देबिटार खानेपानी योजनाको पनि अनुगमन गरिएको प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

प्राविधिक स्टेमिट अनुसार काम भए नभएको हेरेर मात्रै भुक्तानी दिने प्रावधान भएकाले पनि योजनाहरुको अनुगमनलाई समितिले तीब्रता दिएको हो । नगरस्तरीय बजेट मार्फत आलु आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन भइरहेको योजनाको अनुगमनका क्रममा हालसम्म कुनै त्रृटि नभेटिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ६ : ४५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता