२०८१, ९ बैशाख आईतबार

काभ्रेको महाभारत गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

काभ्रेको महाभारत गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा


धुलिखेल, १८ फागुनः काभ्रेको महाभारत गाउँपालिकाले मंगलबार (फागुन २० गते) सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आइतबार एक सुचना निकालेर मंगलबार माझी समुदायको पर्व लदी पुजाको अवसरमा सार्वजनिक बिदा दिने बताएको हो ।

फागुन १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता रविन मोक्तानले बताए । ‘सबै धर्म, संस्कृतिको सम्मान र संक्षरण गर्नु नै हामी सबैको दायित्व हो, प्रवक्ता मोक्तानले भने ‘लदी पुजा माझी समुदायले हर्ष उल्लासका साथ मनाउने भएका कारण सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

त्यसदिन पालिकाभित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने छ । २०६८ सालको जनगणना अनुसार १८ हजार २ सय ८३ जनसंख्या रहेको पालिकामा माझी समुदायको जनसंख्या १ सय ९० रहेको प्रवक्ता मोक्तानले बताए । पालिकाका उपाध्यक्ष समेत माझी समुदायकै हुन् ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ४ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने