२०८१, ११ बैशाख मंगलबार

रोशी गाउँपालिकाकी उपाध्यक्षको विवादास्पद भनाई, खास कुरा यस्तो छ

रोशी गाउँपालिकाकी उपाध्यक्षको विवादास्पद भनाई, खास कुरा यस्तो छ


धुलिखेल, १३ फागुन: काभ्रेको रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तोलाको भनाई विवादमा परेको छ । उपाध्यक्ष बर्तौलाले आफ्नो नाममा गाडी किन्न पालिकाले छुट्याएको रकम मार्फत एम्बुलेन्स खरिद गरेको बताएपछि उनको भनाई विवादमा परेको हो । आफ्नै नामको रकम हालेर एम्बुलेन्स खरिद गरेझै उपाध्यक्ष बर्तौलाले पत्रकारहरुको सहभागीता नभएकोमा दुखेसो गर्दै मन्तव्य दिएकी थिइन् । जबकी ब्यक्तिको नाममा सरकारी गाडी किन्न पाइदैँन ।

गाउँपालिकाले गत आइतबार आफ्नै सभाकक्षमा एक समारोहको आयोजना गरी दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो । एम्बुलेन्सद्वारा गाउँपालिकाको वडा नं. ५ र ११ बाट सेवा प्रारम्भ गराइनेछ । गाउँपालिका मातहत सञ्चालनमा ल्याइएका यी एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनका लागि कार्यविधी निर्माण गरिने पालिका अध्यक्ष डीवी लामाले बताएका छन् । यसको भाडादर पनि बैज्ञानिक हिसाबले गरिने बताइएको छ । विश्वसनीयता र पारदर्शीताका लागि एम्बुलेन्समा जीपीएस ट्रयाकिङको समेत व्यवस्था गरिने गाउँपालिका श्रोतले बताएको छ ।

पालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेर वडा नम्बर ११ को भिमखोरी स्वास्थ्य चौकी र वडा नम्बर ५ को सिसाखानी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरु सुविधा भोगी भइरहेका बेला उपाध्यक्ष बर्तोला आम नागरिक झै सार्वजनिक गाडीबाटै कार्यालय ओहोर दोहोर गरिरहेको कुरा प्रचार गर्न योग्य थियो । उनी घण्टौसम्म सार्वजिनक गाडीको पर्खाइमा अन्य यात्रु जस्तै सडक छेउमा गाडी कुर्दै बसेको पनि देखिइन्थ्यो । तर उपाध्यक्ष बर्तौलाले गाउँपालिकाद्वारा खरिद गरिएको सरकारी सवारी साधन उपयोग नगरेको भने होइन । उनी गाउँपालिकाकै गाडिलाई आफ्नो निजी काममा समेत उपयोग गर्दै आएको गाउँ कार्यपालिका श्रोत बताउँछ ।

यही क्रममा उनले एम्बुलेन्स खरिद प्रकृयासँग आफूलाई जोडाइन् । उपाध्यक्ष बर्तौलाले जुन रुपमा एम्बुलेन्ससँग आफुलाई जोडाइन् त्यो भने सस्तो लोकप्रियता बाहेक अरु केहि देखिदैँन् । उपाध्यक्षले किन जस लिन खोजिन बन्ने कुरा बुझ्न हामीले पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालसँग कुराकानी गरेका छाैँ । खासमा कुरा के हो त हाम्रो खोजीनीति प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालको शब्दमा, यस्तो रहेछ ।

गाउँपालिकामा पहिले एउटा सवारी साधन थियो । पछि पालिकाको तेस्रो गाउँसभाले अर्को दुईवटा सवारी साधन खरिदका लागि बजेट विनियोजित गर्यो । तर चौथो गाउँसभामा पालिकाका लागि तीन वटा गाडी किन्नु अनुपयुक्त हुन्छ । दुईवटा भए पुग्छ । पहिले एउटा थिदैँ थियो । अब एउटा मात्रै किनौँ । यो बच्ने पैसाले चाँहि एम्बुलेन्स किनौँ भनेर उपाध्यक्ष ज्यूले प्रस्ताव गर्नुभएको हो ।

उपाध्यक्षकै प्रस्ताव अनुसार पालिकाले एम्बुलेन्स किन्ने निर्णय गर्यो । त्यहि बीचमा प्रदेश सरकारले पनि १६ लाख रुपैयाँ एम्बुलेन्स खरिद गर्न पठाइदियो । त्यसपछि पालिका र प्रदेश सरकारको रकमले एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको थियो । प्रदेश सरकारबाट स्पष्टसँग आएको छ एम्बुलेन्स खरिदका लागि भनेर । उपाध्यक्षलाई गाडि खरिद गर्न भनेर आएको होइन । सञ्चार माध्यमले फरक ढंगले विश्लेषण गरे ।

तेस्रो गाउँसभाले पनि पालिकाका लागि गाडी किन्ने भनेको हो । उपाध्यक्षकै लागि भनेर किटान गरेको छैन । तर किनेको भए, मर्यादा र आवश्यकताका हिसाबले उपाध्यक्षले नै प्रयोग गर्नुहुन्थ्यो । पालिकाले गाडी खरिद गर्नका लागि रकम अन्यत्रबाट आएको होइन । यो पालिकाकै आन्तरिक स्रोतबाट किन्ने भनेको हो ।

पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको लागि गाडी किन्ने भनेर रकम विनियोजन गर्न मिल्दैन् । किन्ने भनेको पालिकाको लागि हो । यो ब्यक्तिको नाममा हुदैँन संस्थाको हुन्छ । कार्यालय प्रमुखदेखि सहयोगीसम्मले आवश्यकताका आधारमा प्रयोग गर्न सक्छन् ।

तर एउटा कुरा चाँहि के हो भने उहाँकै प्रस्तावमा एम्बुलेन्स खरिद गरिएको हो । यो उहाँको उदारता हो । किनभने अहिले पनि धेरै उपप्रमुखहरु आफ्नो गाडी लिएर हिड्नुहुन्छ । तर उहाँले त्यो सेवा त उपभोग गर्नुभएको छैन नी । उहाँले गाडी नचढ्ने निर्णय गरेर ठूलो रकम जोगाइ दिनुभएको छ । इन्धन खर्च, चालक खर्च, मर्मत सम्भार, गाडी प्रयोग गर्दा हुने सबै खर्च त जोगिएको छ नी । त्यस कारण उहाँले मैले गाडी चढेको छैन । मैले खर्च बचाइदिएको छु भन्नु त स्वाभाविक हो । मेरो लागि गाडी चाहिदैँन भन्नु नै महानता हो ।

नेपाल सरकारकै राजस्व छुटमा एम्बुलेन्स खरिद गरिएको हो । प्रति एम्बुलेन्स साढे १० लाख खर्च भएको छ । एम्बुलेन्स सञ्चालक समिति गठन गरिएको छ । वडा कार्यालय र स्वास्थ्य ब्यवस्थापन समितिलाई जिम्मा लगाएका छौँ । एम्बुलेन्स सञ्चालनका लागि ५ लाखको अक्षय कोष स्थापना गरिनेछ ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ३ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने