२०८१, ८ बैशाख शनिबार

धुलिखेल-७ का महिलालाई एक महिने ह्यान्डीक्र्याफ्ट तालिम

धुलिखेल-७ का महिलालाई एक महिने ह्यान्डीक्र्याफ्ट तालिम


धुलिखेल, १२ फागुनः धुलिखेल नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालन गरिएको हातेडल निर्माण तालिम सकिएको छ । तालिम पुस १३ गतेदेखि सुरु भएको तालिम आज सकिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा धुलिखेल ह्यान्डीक्र्याफ्ट एण्ड ट्रेनिङ्ग सेन्टरले तालिम सञ्चालन गरेको थियो । तालिममा वडा नम्बर ७ का १२ जना महिला सहभागि भएको वडाध्यक्ष राेमीप्रसाद ब्याञ्जुले जानकारी दिए ।

तालिमको समापनमा बोल्दै नगरप्रमुख अशोक कुमार ब्याञ्जुले सिकेको सिपलाई ब्यवहारिक रुपमा उतार्न सहभागिहरुलाई आग्रह गरे । उनले उत्पादित सामान बिक्रीका लागि नगरपालिकाले छुट्टै कोसेली घर समेत सञ्चालनमा ल्याएको भन्दै बिक्री हुदैँन कि भन्ने चिन्ता लिनु नपर्ने बताए ।

पालिकाले गठन गरेको ५ वटा परिषद् हालसम्म ७ सय ६५ जनालाई सिपमुलक तालिम दिइसकेको धुलिखेल नगरपालिकाले जनाएको छ । नगरपालिकाले महिला परिषद्, आदिवासी जनजाति परिषद्, युवा परिषद्, अपाङ्ग वर्ग परिषद् र दलित वर्ग परिषद् गठन गरेको छ ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ६ : ०९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता