२०८१, ९ बैशाख आईतबार

नेपाल शिक्षक संघद्वारा नमोबुद्धमा दीर्घसेवी शिक्षक सम्मानित

नेपाल शिक्षक संघद्वारा नमोबुद्धमा दीर्घसेवी शिक्षक सम्मानित


धुलिखेल, १० फागुनः नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिले ३० बर्षभन्दा बढी शिक्षण पेशामा संलग्न ‘दीर्घसेवी’ शिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्णचन्द्र काफ्ले, सुदर्शन खनाल, रमेशप्रसाद खनाल, श्यामसुन्दर श्रेष्ठ, गोकर्ण हुमागाई र विन्द्रनारायण श्रेष्ठ छन् । दोस्रो स्थानीय प्रतिनिधिसभाको अवसर पारेर नगर कार्यसमितिले शिक्षकलाई सम्मान गरेको हो ।

संघले शिक्षणको स्थायी सेवामा प्रवेश गरेका २७ शिक्षकलाई बधाईसहित सम्मान पनि गरेको छ । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले दोसल्लासहित सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले स्थानीय तहअनुसार पाठ्यक्रम तयार हुन थालेपनि परीक्षा प्रणाली केन्द्रीय भएको भन्दै समानजस्यता नभएको तर्क गरे ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले वर्तमान सरकार आएपछि भ्रष्टचारले महामारीको रुप लिएको तर्क गरे । कांग्रेस जिल्ला सचिव दिनेश लामाले नेकपाले सरकारको नेतृत्व लिएपछि प्राज्ञिक क्षेत्र निराश भएको बताए । प्रदेश सभा क्षेत्र नं १(ख) का सभापति रमेशप्रसाद हुमागाईले अहिलेको सरकार विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नरहेको बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईले पेशाप्रति इमान्दार हुँदाहुँदै पनि आस्थाका आधारमा दुख दिए महासंघले प्रतिवाद गर्ने बताए । कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले शिक्षक लगायत सबै पक्ष लडेर लोकतन्त्र ल्याएको भन्दै स्थानीय तहसंग डराउनुनपर्ने तर्क गरे ।

कार्यक्रममा शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, सचिव शम्भु घिमिरे, कांग्रेस जिल्ला सदस्य दिनेश भुर्तेल, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, नमोबुद्ध –६ का वडाअध्यक्ष कुलप्रसाद न्यौपाने, जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका अध्यक्ष लक्ष्मी अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका अध्यक्ष कुलचन्द्र खनाल, नेपाल तरुण दल नमोबुद्धका सचिव राजीव खनाल, सम्मानित मध्येबाट पूर्णचन्द्र काफ्ले, श्यामसुन्दर श्रेष्ठलगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।

नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका अध्यक्ष दिनेशप्रसाद अधिकारीले आस्थाका आधारमा शिक्षक माथि थिचोमिचो भए शिक्षक संघ अन्यायका विरुद्ध लड्ने प्रतिबद्धता जनाए । सभाले अध्यक्ष दिनेश अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ) विजय खनालले पेश गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । नेपाल शिक्षक संघ नमोबुद्ध गतबर्ष प्रदेश ३ भरमा नै उत्कृष्ट भइ प्रदेशको प्रतिनिधीसभाका अवसरमा सम्मानित भएको थियो ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ६ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने