२०८०, १५ चैत्र बिहीबार

धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते (भिडियो सहित)

धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते (भिडियो सहित)


धुलिखेल, १० फागुनः अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते भएका छन् । दिउँसो धुलिखेलबाट बनेपा तर्फ जादैँ गरेको बा ६८ प ११४५ नम्बर मोटरसाकइल धुलिखेल तर्फ आउँदै गरेको बा ५ खर ५६४४ नम्बर टिपरसँग ठोकिएको थियो ।

शनिबार दिउँसाे धुलिखेल अरनिको शालिक नजिकै पेट्रोल पम्पमा तेल हाल्न मोडिदै गरेको टिपरसँग मोटरसाइकल ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक धुलिखेल नगरपालिका वडा नम्बर ९ का  ६५ बर्षीय बद्रीप्रसाद हुमागाई घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि बस्ने बारा घर भइ हाल धुलिखेल बस्दै आएका ५५ बर्षीय ललन कुसुवा सामान्य घाइते भएका छन् ।

मोटरसाइकलमा तीन जना सवार थिए । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  १ : ५२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय