२०८१, ४ बैशाख मंगलबार

पनौती नगरपालिकाले भन्योः सहकारीको दोहोरो सदस्यता त्याग्नुस्

पनौती नगरपालिकाले भन्योः सहकारीको दोहोरो सदस्यता त्याग्नुस्


धुलिखेल १० फागुनः काभ्रेको पनौती नगरपालिकाले एकभन्दा बढी सहकारीको सदस्यता नलिन सबैलाई आग्रह गरेको छ । नगरस्तरीय सहकारी विकास समितिले एकै प्रकृतिको एकभन्दा बढी सहकारीको सदस्य नलिन नगरबासीलाई आग्रह गरेको हो । समितिले नगरपालिकाको सहकारी ऐन २०७४ को उपदफा (१) बमोजिम निर्णय गरेको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सहकारी ऐन २०७४ जारी गरिसकेको नगरपालिकाले सहकारी सञ्चालनका लागि नीति समेत बनाइरहेको छ ।

समितिले आगामी २०७७ साल असोज मसान्तसम्मको समय सिमा तोकेर नगरपालिकाभित्र क्रियाशिल एकै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता भए कुनै एउटामा मात्रै सदस्य बन्न भनेको हो । समितिले सहकारी सञ्चालकलाई पनि दोहोरो सदस्यता बनाउन निर्देशन दिएको छ ।

नगरपालिकाभित्र दुईसयका हाराहारिमा विभिन्न विषयगत सहकारी संस्था सञ्चालनमा रहेको नगरस्तरीय सहकारी विकास समितिका संयोजक इश्वर जंगमले बताए । ‘यो राज्यकै नीति अनुसार एकै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता नहोस भन्नका लागि हामीले यो निर्देशन जारी गरेका हौँ, उनले भने ‘एक भन्दा बढी सहकारीको सदस्यता लिन नपाउने होइन की एउटै प्रकृतिका सहकारीमा चाँहि दोहोरो सदस्यता रहनु भएन्, बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि सहकारीमा बस्न पायो, तर एकभन्दा बढी कृषि, बचत तथा ऋण र बहुउद्देश्यीयमा चाँहि बस्न पादैँन ।’

पनौतीमा देशभरकै उत्कृष्ट सहकारी समेत रहेको छ । सबै सहकारीहरुको एकरुपताका लागि यो निर्णय गरिएको समिति संयोजक जंगमले बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित सहकारीहरु हाम्रै पनौतीभित्र छन्, यो हाम्रो गौरबको कुरा हो, उनले भने ‘नगरभित्रका सहकारी सुशासन युक्त बनाउनका लागि पनि यसो गर्न जरुरी छ ।’

नगरपालिकाले सहकारीको सूचिकृतका लागि आह्वान समेत गरेको छ । अहिले धमाधम सूतिकृतका लागि सहकारीहरु आइरहेको संयोजक जंगमले बताए ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ९ : ५७ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता