२०८१, ७ बैशाख शुक्रबार

पाँचखालमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु

पाँचखालमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु


धुलिखेल, ६ फागुनः काभ्रेको पाँचखाल नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड एवं मेयर कप प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रतियोगितामा नरगरभित्र रहेका २० सामुदायिक र नीजि मध्ये १९ वटा माध्यामिक विद्यालयका बालबालिका सहभागि छन् ।

प्रतियोगीतामा भलिबल, कवड्डी, यथलेटिक्स बिधाका खेल समावेश गरिएको स्रोत ब्यक्ति धन बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कवड्डीमा छात्राको १२ र छात्रको १३ टिम सहभागि छ । भलिबल तर्फ भने छात्रा र छात्रको ८÷८ वटा टिमले सहभागिता जनाएका छन् । यथलेटिक्समा १९ वटै विद्यालयले भाग लिएका छन् । प्रतियोगिता बिहिबारसम्म चल्ने स्रोत ब्यक्ति बस्नेतले बताए ।

प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख महेश खरेलले विद्यालय तहको खेलकुदलाई थप मजबुद बनाउन नगरपालिका लागि परेको भन्दै खेल क्षेत्रलाई बृहत्तर बनाउन आवश्यक रहेको बताए । मेयर खरेलले मानिस स्वस्थ हुनका लागि खेल अत्यन्त जरुरी भएजस्तै, विद्यालय उमेरका बालबालिकामा फुर्तिलोपन, जगार ल्याउन खेलकुदको निकै ठूलो भुमिका रहेको औल्याए ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ७ : ३१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता