२०८१, ७ बैशाख शुक्रबार

धुलिखेल नगरपालिकामा राजस्व र पाँचखाल नगरपालिकामा घटना दर्ता अनलाइनबाटै

धुलिखेल नगरपालिकामा राजस्व र पाँचखाल नगरपालिकामा घटना दर्ता अनलाइनबाटै


धुलिखेल, ६ फागुनः काभ्रेको धुलिखेल नगरपालिकाले ७ वटा वडा कार्यालयबाट कम्प्युटर प्रणाली मार्फत राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको छ । पालिकाले २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडाबाट राजस्व तिर्न सक्ने ब्यवस्था मिलाएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

धुलिखेल नगरपालिकाले नगरभित्रको सबै तथ्याङ्क ब्यवस्थापन गर्न आफ्नो छुट्टै सर्भर समेत तयार गरेको छ । वडास्तरमा स्थानीयले बुझाएको राजस्व नगरपालिकाको सर्भरसँग जोडिएको छ ।

वडाबाटै तिर्न सकिने राजस्व सफ्टवेयरका बारे वडा सचिवहरुलाई तालिम दिएर दक्ष बनाइएको नगरप्रमुख ब्याञ्जुले बताए ।पालिकाले नगरबासीका लागि आफुले तिर्नु पर्ने करको विवरण आफैले हेर्न सकिने ब्यवस्था समेत मिलाएको छ ।

यसैबीच पाँचखाल नगरपालिकाले अनलाईनबाटै घटना दर्ता गर्न सकिने ब्यवस्था गरेको छ । सबै वडा कार्यालयबाट अनलाईन घटना दर्ता प्रणाली सुरु गरेको नगरपालिकाले सर्वसाधरणका लागि समेत अनलाईन फारमको ब्यवस्था गरेको हो ।

जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेदका घटना अब अनलाईनबाटै दर्ता गर्न सकिने शाखा अधिकृत राजेश बञ्जराले बताए । शाखा अधिकृत बञ्जराका अनुसार अनलाईमा सुचना भरेपछि ५ अंकको मोबाईल टोकन नम्बर प्राप्त हुनेछ । त्यहि नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा ३० दिनभित्र निवेदकले सम्पर्क गर्नुपर्नेछ ।

पाँचखाल नगरपालिकाले राजस्व पनि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेको छ । १३ वटै वडा कार्यालयबाट अनलाइन मार्फत राजस्व बुझाउन सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ६ : ०९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता