२०८१, ११ बैशाख मंगलबार

काभ्रेको चौरीदेउराली गाउँपालिका पनि साक्षर घोषणा

काभ्रेको चौरीदेउराली गाउँपालिका पनि साक्षर घोषणा


धुलिखेल, १ फागुनः काभ्रे जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिका साक्षर घोषणा भएको छ । पालिकाभित्र बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समुहका निरक्षर मध्ये ९७ प्रतिशत नागरिक साक्षर भएपछि आज साक्षर पालिका घोषणा गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पालिकालाई साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । ‘देशका कुनै पनि नागरिक निरक्षर नहुन भनेर संघ सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ, मन्त्री संघ सरकारले ल्याएका यस्ता योजनाहरु पुरा गरी दिगो विकासका सुचक समेत पुरा गर्न स्थानीय सरकारको महत्वपूर्ण योगदान रहन्छ ।’

कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङले समाजका हरेक नागरिक शिक्षित भएमात्रै राष्ट्रले मुहार फेर्ने भन्दै सिकेको ज्ञान र सीपलाई ब्यवहारमा लागु गर्न आग्रह गरे । प्रदेश सांसद रत्न ढकालले समाज सुधारको मेरुदण्ड नै शिक्षा भएको भन्दै यसलाई आत्मसात गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

योसँगै जिल्लाका १३ वटै स्थानीय तह साक्षर भएका छन् । अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा रोशी, महाभारत, तेमाल, बेथानचोक, भुम्लु, र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् । जिल्लाका सबै स्थानीय तह साक्षर भएपछि शुक्रबार शिक्षा विकास समन्वय ईकाई र जिल्ला साक्षर घोषणा समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ७ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने