२०८०, १६ चैत्र शुक्रबार

काभ्रेका निरबहादुर गोलेको चित्कारः ‘बाच्न अझै मन छ’

काभ्रेका निरबहादुर गोलेको चित्कारः ‘बाच्न अझै मन छ’


धुलिखेल,२९ माघः सादय भाग्य लेख्ने कमल हामी मध्ये कोहिसँग पनि छैन । हुँदो हो त हामी बिलौना गरेर बस्नै पर्थेन । न त गुनासो गर्नुपथ्र्यो । भाग्य भनौ या त नियतिको खेल । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्गखर्क गोलेटोलका ३८ बर्षीय निरबहादुर गोलेको परिवारमा बज्रपात परेको छ ।

केएमसी अस्पतालको बेड नम्बर ३१६ मा रहेका निर बहादुर आफ्नो परिवार सम्झिन्छ । बस् भकान्छिन । तप्प आशु झार्छन् । भेट्न पुगे जति आफन्त, साथीभाई, इष्टमित्रसँग उनको एउटै मात्र बोलीहुन्छ । ‘म अझै बाच्न चाहान्छु ।’

सानो उमेरमा घरको कमजोर आर्थिक अवस्थाले सहर पसायो । निरबहादुरलाई । सहरमा लामो समयसम्म गलौचाको तानासँगै आफ्नो भाग्य र भविष्य पनि बुनिरहे । पछि उद्योगपनि आफैले चलाएर । धेरैले रोगजागरी पनि आए । तर जति बेला उनको मृगौलाले काम गर्न छोड्यो, उद्योगमा काम गर्नेले पनि साथ छोडे ।

निरबहादुरको ४ वर्षपहिले एउटा मृगौलामा समस्या आयो । अर्कोले काम गर्ला कि भन्ने भयो । तर सोचे जस्तो कहाँ साथ दियो र अर्को मृगौलाले । आश गरेको अर्को मृगौलाले पनि साथ छोड्यो । उपचारको क्रममा गाउँमा भएको जग्गा पनि सकियो । घर पनि रित्तिसक्यो । तर २० को १९ भएको छैन । अहिले हप्ताको दुई पटक डायोलासिस गर्नु पर्छ ।

कमाइ गर्ने उमेरका उनी थला परेपछि दुईवटा छोरा र श्रीमतीको विचल्नी भएको छ । यसअघि निरबहादुर गोलेको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार हुदैँ आइरहेको थियो । अस्पतालले थप उपचारका लागि स्वास्थ्य समस्या जटिल बनेको भन्दै काठमाडौंस्थित केएमसि अस्पतालमा रिफर गरिदियो । निरबहादुर गोलेको अहिले दुवै मृगौलाले काम गर्न छोडेको छ ।

निरबहादुरका जेठा छोरा पनि लागुऔषधि कारोबार गरेको आरोपमा जेलमा छन् । एकलाख धरौटी बुझाउन नसक्दा उनी जेलमै बस्न बाध्य भएका हुन् । दुबै मृगौलाले काम गर्न छाडेपछि उनको परिवारमा रुवाबासी चलेको छ । निरबहादुर गोलेले सास रहुञ्जेल आश रहने भन्दै उपचारका लागि आर्थिक सहयोग गरिदिन समेत आग्रह गरे । निरबहादुरको मोबाईल नम्बर ९८४१४८९४६७ सम्पर्क गरेर अवस्था बुझ्न सकिनेछ ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  २ : २९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय