२०८१, १३ बैशाख बिहीबार

सिन्धुपाल्चोकको गुम्बाका कम्तिमा २ सय जना बिरामी

सिन्धुपाल्चोकको गुम्बाका कम्तिमा २ सय जना बिरामी


धुलिखेल, २९ माघः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा कम्तिमा २ सय जना ब्यक्तिमा एउटै रोगको लक्षण देखापरेको छ । गुम्बामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा माघ २३ गतेदेखि बिरामीको संख्या बढेको थियो । तर पछि सिँगो गाउँ नै प्रभावित बनेको हो । स्थानीयहरुमा रुघाखोकी र अत्याधिक ज्वरो आउने लक्षण देखिएको सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख अहेब हिक्मत जिसीले बताए । ‘माघ २३ गतेदेखि नै सामुदायिक स्वास्थ्य ईकाईमा बिरामीको संख्या बढ्दै गएको थियो, दिनप्रतिदिन बढ्दै गएपछि मैले पालिकाको स्वास्थ्य शाखामा जानकारी गराए, अहेब जिसीले भने ‘सबैमा एउटै खालको लक्षण देखा परेको छ ।’

गाउँका करिब दुईसय जनामा एउटै लक्षण देखिएपछि पालिकाका स्वास्थ्य संयोजक अनिल साउत नेतृत्वको टोली गुम्बा पुगेको छ । हिजो दिउँसोबाटै टोलीले उपचार थालेको संयोजक अनिल साउतले टेलिफोनमा जानकारी दिए । अहिले संयोजक साउत, सामुदायिक स्वास्थ्य ईकाई प्रमुख र गुम्बा स्वास्थ्य चौकीका प्रमुख उपचारमा खटिएका छन् । ‘हामीले उपचार गर्दै घरमा पठाउँदै गरेका छौँ, संयोजक साउतले भने ‘यहाँ राखेर उपचार गर्न मिल्ने ठाउँ छैन, किन भने धेरै संख्यामा बिरामी हुनुहुन्छ ।’

पालिकाले वडा नम्बर ३ गुम्बामा केहि महिना अघि मात्रै सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको थियो । वडाको पाङ्र्पुमा स्वास्थ्य चौकी छ । तर त्यहाँसम्म जान स्थानीयलाई कम्तिमा २ घण्टा हिड्नु पर्ने भएकाले पालिकाले सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको हो ।

थप मद्दतका लागि जलबिरे प्राथमिक स्वास्थ्य चौकीका डाक्टर सहितको टोली लिएर गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ गुम्बा जादैँ छन् । पालिकाले रोगको पहिचानका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलाई पत्र लेखेको छ । रोग प्रभावित क्षेत्रमा पालिकाले आफ्नो सामथ्र्य र स्रोतसाधनले भ्याएसम्मको काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘थप मदतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहयोग मागेका छौँ ।’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार थप औषधी र मास्क लगाएतका सामाग्री संकलन गर्ने काम पनि भइरहेको छ । पालिकाले मंगलबार संघीय सरकारलाई एउटा पत्र लेख्दैँ अस्ति सोमबारदेखि छिमेकी मुलुक चीनमा देखिएको नोबेल कोरोना भाईरससँग तुलना गर्दै गुम्बा क्षेत्रमा रुघाखोकी र अत्याधिक ज्वरोको लक्षण देखिएको बताएको छ ।

चीनमा सयौँको ज्यान लिइसकेको कोरोना भाईरसँग तुलना गरेर पालिकाले मन्त्रालयमा विज्ञ टोलीको माग सहित पत्र लेखेपछि सामाजिक सञ्जालमा गाउँपालिकाको तीब्र टिप्पणी भएको छ । कुनै विज्ञहरुको प्रमाण बिना नै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भनेर पालिकाले आफ्नो लेटर हेडमा पत्र पठाएपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको हो ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  ९ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने