२०८१, ९ बैशाख आईतबार

काभ्रेको रोशी गाउँपालिका साक्षर घोषणा, ९८.९५ प्रतिशत नागरिक साक्षर

काभ्रेको रोशी गाउँपालिका साक्षर घोषणा, ९८.९५ प्रतिशत नागरिक साक्षर


धुलिखेल, २८ माघः काभ्रेको रोशी गाउँपालिका पनि साक्षर पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई साक्षर घोषणा गरिएको हो । पालिकाभित्रका १५ देखि ६० बर्ष उमेर समुहको साक्षरता ९८.९५ प्रतिशत पुगेकोले साक्षर पालिका घोषणा गरिएको अध्यक्ष डिबि लामाले जानकारी दिए ।

पालिकालाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले साक्षरताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । ‘अब हामी छिट्टै सिँगो जिल्लालाई नै साक्षर घोषणा गर्ने अन्तिम चरणमा पुगेका छौँ, जिसस प्रमुख केसीले भने ‘हामीले यसअघि प्रतिबद्धता जनाए अनुसार केहि ढिलाई भयो, तर पनि हामी लक्ष्यमा पुगेरै छोड्छौँ ।’

जिल्लाका सरोकारवालाहरुल्े माघ २० गते भित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता अनुसार काम नहुदाँ पूर्वनिर्धारित योजना अलि पछि सरेको छ । जिसस प्रमुख केसीले सबै पालिका साक्षर घोषणा पनि पूर्ण साक्षर जिल्लाको लागि हामी अघि बढ्ने भन्दै अहिले पनि धेरै स्थानीय तहरुले त्यहि अनुसार काम गरिरहेको बताए ।

रोशीलाई साक्षर बनाउन पालिकाभित्र रहेका १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रले साक्षरता कक्षा सञ्चालन गरेका थिए । जिल्लाको १३ वटा स्थानीय तह मध्ये चौरीदेउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छ । चौरीदेउराली गाउँपालिकालाई पनि फागुन १ गते साक्षर घोषणा गर्ने तयारीका साथ काम भइरहेका प्रवक्ता राजकुमार गौतमले बताए ।

यस अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा महाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् ।

प्रकाशित मिति : २०७६, २८ माघ मंगलबार  ६ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने