२०८१, १३ बैशाख बिहीबार

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते


धुलिखेल, २४ माघः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकीमा गएराति आक्रमण भएको छ । आक्रमणमा प्रहरी चौकीका इन्चार्ज असई सन्तोष कुमार झा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

गम्भीर घाइते झालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । निरीक्षक घिमिरेका अनुसार अज्ञात समुहको आक्रमणमा घाइते भएका प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्चीमा उपचार भइरहेको छ । पाँच जनाको दरबन्दी रहेको चौकीमा मध्यरात १०/१२ वटा मोटरसाइकलमा आएको अज्ञात समुहले अन्धाधुन्ध ढुं्रगामुडा प्रहार गरेको थियो ।

आक्रमणमा संलग्न मध्ये एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चार वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको बताइएको छ । घटना भएको थाहापाए लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनको टोलीले अहिले आक्रमण गर्ने समुहको खोजी तीब्र पारेको छ ।

आक्रमणबाट चौकीको एउटा झ्याल फुटेको छ । घटनास्थल पुगेका वडाध्यक्ष विष्णु खड्काले स्थानीयको घरको छानामा समेत ढुंगा प्रहार भएको पाइएको बताए ।

इलाका प्रहरी कार्यालय मेलम्चीबाट समेत प्रहरी निरीक्षकको कमाण्डमा थप मद्दत टोली तिपेनी गएको थियो । जिल्ला र इकाला प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरीले अहिले गाउँमा खोजी कार्य तीब्र बनाएका हुन् ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ८ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने