२०८१, ७ बैशाख शुक्रबार

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा, छानविन समितिका तीन सदस्यद्धारा रानीनामा

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा, छानविन समितिका तीन सदस्यद्धारा रानीनामा


काभ्रे: काभ्रेको नमोबुद्ध नगरपालिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । राजस्व हिनामिनाको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले आज छापा मारेको हो । तर नगरपालिकाले भने राय माग्न मात्रै अख्तियारको टोली आएको बताएको छ । अख्तियारको टोलीले कागपत्र नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो ।

नगरपालिकाले राजस्व हिनामिना गरेको अभियोगमा ८ जना कर्मचारी माथि छानविन गर्न समिति समेत गठन गरेको छ । भुकम्पप्रभावितलाई नदीजन्य सामग्रीमा छुट दिने नाममा राजस्व अतियमितता भएको पाइएको हो । नगरपालिकाले पनि भूकम्पप्रभावितलाई छुट दिइएको स्वीकार गरेको छ ।

यसैबीच छानविन समितिका तीन जना सदस्यले सामुहिक राजीनामा दिएका छन् । समिति सदस्य सञ्जीव ढकाल, धर्म सिं लामा र राजीव श्रेष्ठले विज्ञाप्ति निकालेर राजीनामा दिएको बताएका हुन् । नगरपालिकाले माघ १५ गते छानविन समिति गठन गरेको थियो । छानविन समितिका सदस्य माथि नै प्रश्न उठेपछि नैतिक रुपमा राजीनामा दिएको उनीहरुले बताएका छन् ।

नगरकार्यपालिकाले लेखा समितिका संयोजक समेत रहेका वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण उपाध्यायको अध्यक्षतामा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिका सदस्यमा वडा नम्बर ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, वडा नम्बर २ का अध्यक्ष ढकाल, वडा नम्बर ७ का अध्यक्ष लामा र सदस्य सचिवमा कम्प्युटर अपरेटर श्रेष्ठ हुनुहुन्छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  ५ : ०४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता