२०८१, १० बैशाख सोमबार

रोशी गाउँपालिकाको सबै वडा कार्यालयको नयाँ भवन बन्ने

रोशी गाउँपालिकाको सबै वडा कार्यालयको नयाँ भवन बन्ने


धुलिखेल, २२ माघः काभ्रेको रोशी गाउँपालिकाका सबै वडाको नयाँ भवन चालु आर्थिक वर्षभित्रै बन्ने भएको छ । अहिले नयाँ वडा भवनको शिलान्यास धमाधम भइरहेको छ । बुधबार पालिकाका अध्यक्ष डिबी लामाले वडा नम्बर १० को वाल्टीङमा बन्ने नयाँ भवनको शिलान्यास गरे । यो भवन २२ लाख लागतमा निर्माण हुने पालिकाको योजना शाखा प्रमुख राम लामाले जानकारी दिए । उनका अनुसार साढे दुई तल्ले भवन १० कोठाको बन्ने छ । यो भवन निर्माणका लागि स्थानीय शिक्षक भक्तप्रसाद मैनालीले ४ आना जग्गा दान गरेका हुन् ।

वडा ६ मा साढे दुई तल्ले नयाँ आरसीसी भवन निर्माण भइसकेको छ । २५ लाख लागतमा निर्माण भवन सञ्चालनमा भने आउन बाँकी छ । रोशी गाउँपालिकामा १२ ओटा रहेका छन् । अन्य वडामा पनि ठेक्काको प्रक्रिया अघि बढिसकेको योजना शाखा प्रमुख राम लामाले जानकारी दिए । पालिकाभित्र बन्ने सबै वडाका नयाँ भवनमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत अनुदान बापतको रकम खर्च हुनेछ ।

सबैभन्दा कम वडा नम्बर १ को भवनमा १८ लाखको विनियोजन गरिएको छ । २, ४, ५, ७ , ८, ९ र १२ नम्बर ३१/३१ लाख रुपैयाँमा नयाँ भवन बन्ने योजना शाखा प्रमुख लामाले जानकारी दिए । ‘प्रायः वडाको ठेक्का सम्झौता पनि भइसकेका छन्, शाखा प्रमुख लामाले भने ‘यसै आर्थिक वर्षभित्र सबै वडा कार्यालयहरुले नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरी काम भइरहेको छ ।’

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ८ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने