२०८१, १२ बैशाख बुधबार

नेता गिरीको हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग

नेता गिरीको हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग


काठमाण्डौं, २२ माघ नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती काठमाण्डौं ३१ बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।

भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाचिएको अबस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले मृतक गिरीको हत्या भएको दाबी गरे ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरे । उनले बुधबारै महानगरीय प्रहरी बृत्त वानेश्वरमा ज्यान मुद्धा सम्बन्धी जाहेरी दिई घट्नाको निष्पक्ष छानबिन गरि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरे । आफन्तले रेष्टुरेष्ट संचालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेष्ट संचालक सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको बताए ।

आफन्तले रेष्टुरेष्ट संचालकले घट्नाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घट्नाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घट्नाबारे भन्न सकिने बताए ।

मृतक गिरीको बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । आर्यघाट पुग्नु भएका सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे । घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यष रमेश गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ८ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने