२०८१, ७ बैशाख शुक्रबार

पाँचखालको तरकारी काँचै खाएपनि हुन्छ !

पाँचखालको तरकारी काँचै खाएपनि हुन्छ !


धुलिखेल, २० माघः तरकारी र अन्न उत्पादनको हिसाबले काभ्रे जिल्लाकै अग्रणीस्थानमा रहेको पाँचखाल नगरपालिकामा विषादीको मात्रा निकै कम भएको छ । झण्डै दुईवर्ष अघिसम्म अत्याधिक विषादी प्रयोग गरेर तरकारी उत्पादन गरेको भन्दै बदनाम कमाएको पाँचखालको तरकारीमा अहिले भने विषादी कम भएको पाइएको छ । विगत २५ वर्षदेखि पाँचखालमा विषादी विक्री गर्दै आइरहनुभएका सरोज सापकोटाले ७० देखि ७५ प्रतिशतसम्म विषादीको बिक्री घटेको बताए । उनले विषादी बिक्री पेसा नै संकटमा पर्न थालेको बताए । ‘अहिले पाँचखालमा नेपाल सरकारले सूचीकृत गरेका बाहेक अन्य विषादी किसानले प्रयोग गरेका छैनन्, उनले भने ‘केहि वर्षयता विषादी बिक्री समेत ह्वात्तै घटेको छ, तर यो कुरा कहिल्यै बाहिर आएन ।’

सोमबार पाँचखाल नगरपालिकाको सभाहलमा जिल्ला संवाद समुहले नगरपालिकाको कृषि नीतिका बारे गरेको छलफलमा सहभागि किसानहरुले पनि विषादीको मात्रा निकै कम गरेर तरकारी फलाउन थालेको बताएका थिए । ‘माटोको सुधारका कम्पोष्ट मलको प्रयोग बढाएको छु, युरिया मलको सट्टा गाईभैसीको पिसाब हाल्ने गरेको छु, स्थानीय लक्ष्मी गिरीले भनिन् ‘आइपीएम प्रविधि मार्फत खेती गरिरहेको छु, कृषक समूहमा आबद्ध सबै किसानहरुलाई विषादी कम गराउने उपायका बारे छलफल गर्ने गरेका छौँ ।’

नगरप्रमुख महेश खरेलले पाँचखालको तरकारी काँचै खाएपनि असर नगर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले विभिन्न संघसंस्थासँगको सहकार्यमा जैविक विषादीको प्रयोगमा किसानहरुलाई प्रोत्साहन गरिरहेको समेत बताए । ‘अहिले पाँचखालको तरकारी खाँचै खाएपनि हुन्छ, उनले भने ‘हामी पूर्ण आर्गेनी तर्फ उन्मुख भइसकेका छौँ, यो मौखिक त्यत्तिकै भनेको होइन, कालिमाटीकै प्रयोगशालामा गरिएको प्रमाणले भनेको हो ।’

कार्यक्रममा सहभागि किसानहरुले रसायनिक विषादीको कम गरेपनि सिँचाई अभावले निकै मार खेप्नुपरेको भन्दै सिँचाई उपयुक्त ब्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरेका छन् । उनीहरुले समयमै मल र बीउको प्रबन्ध मिलाईदिन समेत नगरपालिकालाई अनुरोध गरेका थिए ।

अहिले नगरपालिका भित्र विभिन्न संघसंस्थाहरुले कृषि माटो थप नबिग्रियोस भनेर चुना वितरण गरेका छन । आइपीएम कृषक पाठशाला चलाइरहेका छन् । गोठ सुधार देखि बालीमा विषादी प्रयोग गरेपछि टिप्नुपर्ने समयका बारे किसानलाई बेला बेला सम्झाइ रहेका छन् । ‘हामी विगत २ वर्षदेखि पाँचखाल क्षेत्रमा विषादी न्यूनिकरण गराउन काम गरिरहेका छौँ, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले भने ‘दिगो कृषि विकासका लागि किसानलाई समेत सहभागि गराए योजना निर्माण गर्दा कार्यान्वयनमा राम्रो हुन्छ ।’

पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको छ । आलु उत्पादनका हिसाबले पनि पाँचखाल जिल्लाकै उत्कृष्ट क्षेत्रभित्र पर्ने गरेको छ । पाँचखाल नगरपालिकाले प्राङ्गनमै माटो परीक्षण केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले ‘पाँचखाल नगर, कृषि सहर’ भन्ने मुल नारा नै राखेको छ । यसलाई मुर्तरुप दिन पनि नगरपालिकाले ठोस नीति छिट्टै बनाउनुपर्ने आलु सुपर जोन कार्यक्रमका जिल्ला अध्यक्ष एवं वडा नम्बर २ का अध्यक्ष हरि खडिवडाले बताए ।

प्रकाशित मिति : २०७६, २० माघ सोमबार  ६ : ३६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता