२०८१, १३ बैशाख बिहीबार

सिन्धुपाल्चोकको पिस्करमा बन्ने भयो नयाँ विद्यालय भवन

सिन्धुपाल्चोकको पिस्करमा बन्ने भयो नयाँ विद्यालय भवन


धुलिखेल, १४ माघ:w सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ पिस्कर जलजलेमा अवस्थित जनता आधारभूत बिद्यालयको नयाँ र सुविधा युक्त पक्की भवन निर्माण हुने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदानमा चाईल्ड फण्ड जापानको सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवारले निर्माण गर्ने सुविधा सम्पन्न १२ कोठे आरसिसी भवन सहितको आबश्यकिय भौतिक पुर्वाधारको सोमबार त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र चाईल्डफण्ड जापानका परियोजना व्यवस्थापक हिरोयुकी ताकिताले संयुक्त रुपमा शिलान्यास गरे ।

स्थानीय नेवार समुदायको परम्परागत बिधीबाट पुजा आराधना सहित शिलान्यास गरिएको उक्त कार्यक्रममा बिद्यालयका अभिभावक, शिक्षक बिद्यार्थी, जनप्रतिनिधीहरु तथा स्थानीय समाजसेवी बुद्धिजिवीहरुको हौसलापुर्ण सहभागिता रहेको थियो । २०७२ सालको बिनाशकारी भूकम्पबाट सिन्धुपाल्चोक जिल्लाले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति व्योहर्नु परेको थियो । त्यस समयमा जिल्लाको ५४७ वटा सरकारी विद्यालयहरु ध्वस्त भई नियमित पठनपाठनबाट विद्यार्थीहरु वन्चित हुनु परेको थियो । भूकम्प पश्चात विद्यार्थीहरु अस्थायी सिकाई केन्द्र तथा अस्थायी टहराहरुमा अध्ययन गर्न बाध्य थिए ।

उक्त जग्गामा नयाँ भवन निर्माण गर्न बिद्यालयबाट ग्रामीण महिला सिर्जनशील परिवारलाई अनुरोध भई आएकोमा त्रिपुरासुन्दरी गाउँपालिका तथा वडा नं ४ कार्यालयको सिफारिस तथा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) संग समन्वय गरी जापान सरकारको अनुदान सहयोगमा चाईल्डफण्ड जापान र ग्रामीण महिला सिर्जनशील परिवारको साझेदारीतामा संचालित सुनौलो भविष्यका लागि शिक्षा परियोजना अन्तर्गत कुल ४ करोड ३४ लाख, ५५ हजार ६ सय ७३ रुपैया ९९ पैसाको अनुमानित लागतमा १२ कोठे पक्की भवन, शौचालय, खानेपानी, कक्षाकोठा व्यवस्थापन लगाएतका अन्य संरचनाहरु निर्माण गर्न लागिएको हो ।

१२ वटा कक्षाकोठमा मध्ये ९ वटा कक्षा कोठा ईसीडी देखि कक्षा ८ सम्म, कार्यालय, पुस्तकालय, विज्ञान प्रविधी प्रयोगशालाको लागि एक एक वटा कोठा रहने र हरेक कक्षाकोठाहरुलाई बालमैत्री, अपाँगमैत्री कोठा व्यवस्थापन सहित आबश्यक शैक्षिक सामाग्रीको समेत व्यवस्थापन हुनेछ ।

बिद्यालयको खेलमैदान तथा बाहिरी घेराबारको समेत व्यवस्थापन गरी बिद्यालयलाई नेपाल सरकारको मापदण्ड बमोजिम विपद जोखीमबाट मुक्त, बालमैत्री र अपाँग मैत्री बनाउन प्रयास गरिने कुरा परियोजना संयोजक हर्क तामाङले बताए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ६ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने