२०८०, ३० चैत्र शुक्रबार

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणा (भिडियो)

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणा (भिडियो)


धुलिखेल, ७ माघः काभ्रेको डाँडापरी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका साक्षर घोषणा भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समुहका निरक्षर मध्ये ९७.८९ प्रतिशत साक्षर भएपछि सोमबार नेकपाका नेता जनार्दन शर्माले साक्षर गाँउापालिका घोषणा गरे ।

२०६८ सालको जनगणना अनुसार गाउँपालिकाभित्र ३ हजार ९ सय ८८ जनसंख्या निरक्षर थियो । गाउँपालिकाभित्र निरक्षर ब्यक्तिलाई साक्षर बनाउन डाँडापारी सामुदायिक सिकाई केन्द्र, ल्हासो म्हेन्दो फ्याफुल्ला सिकाई केन्द्र र इन्द्रेणी सामुदायिक सिकाई केन्द्रले बिशेष अभियान चलाएका थिए । त्यस्तै गाउँपालिका भित्ररहेका माध्यामिक बिद्यालयहरुले पनि साक्षर अभियान चलाएको पालिका साक्षर घोषणा कार्यक्रमका संयोजक खुबनाथ दुलालले जानकारी दिए । पालिकाभित्र माबि, आधारभूत र प्रावि गरि ४९ वटा बिद्यालय रहेका छन् ।

भिडियो हेर्नुस

यसैगरी महाभारत गाउँपालिकामा मावि स्तरीय वतृत्वकला र आधारभूत विद्यालय स्तरीय नृत्य प्रतियोगीता पनि सम्पन्न भएको छ । वतृत्व कला प्रतियोगीतामा भैरब मावि धाप, गोकुले माबि गोकुले, कालिदेवि मावि कुपिनटार, जनकल्याण मावि घर्तीछाप, जनमोहन मावि बनखु, ग्रामोन्नती मावि किल्ला र सिद्धेश्वर मावि सानोपोखराका विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा जनकल्याण माविका सुनिता कुवँर प्रथम भएकी छन् । गोकुले माविका सुशान्त श्रेष्ठ द्धितिया, ग्रामोन्नति माविको महमाया तुम्सिङ तृतिया र कालीदेवी माविका शार्मिला थिङ सान्त्वना भएकी छन् ।

त्यस्तै नृत्य प्रतियोगितामा आजाद आधारभूत विद्यालय प्रथम, भैरबेश्वर आधारभूत विद्यालय द्धितिय भएका छन् । त्यसैगरी शम्भेश्वर आधारभूत विद्यालय तृतिय र गौलेश्वर आधारभूत विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा ज्योति आधारभूत विद्यालय, शम्भेश्वर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय, आजाद आधारभूत विद्यालय, भैरबेश्वर आधारभूत विद्यालय, चन्द्रसूर्य आधारभूत विद्यालय र गौलेश्वरी आधारभूत विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ४ : ०२ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता