२०८०, १६ चैत्र शुक्रबार

काभ्रेका प्रदेश सांसदः मतदातालाई भेट्दै माफी माग्दैँ (भिडियो सहित)

काभ्रेका प्रदेश सांसदः मतदातालाई भेट्दै माफी माग्दैँ (भिडियो सहित)


धुलिखेल, ७ माघः बागमती प्रदेशको स्थायी राजधानीको टुंगो लागेपनि काभ्रेबाट प्रदेश सभामा सहभागि सांसदहरुलाई भने आफ्नो जिल्लामा स्थायी राजधानी ल्याउन नसकेको कुराले पिरोलिरहेको छ । मतदाताको चर्को आलोपना खेपिरहेका छन । पुस २७ गते हेटौँडालाई नै स्थायी राजधानी बनाउन मञ्जुर गरेर आएका काभ्रेली प्रदेश सांसदहरु अहिले फेरी मतदाता भेट्न गाउँ गाउँ पुगिरहेका छन् ।

सोमबार काभ्रेको विकट क्षेत्र डाँडापारी र कोशीपारीबाट निर्वाचित प्रदेश सांसद चन्द्र लामा र रत्न ढकाल एउटै मञ्चमा भेटिए । महाभारत गाउँपालिकाको वडा नम्बर ६ देवीटारमा पालिकाले आयोजना गरेको साक्षरण घोषणा कार्यक्रममा । उनीहरुले मतदातालाई साक्षी राखेर चुनावमा त्यहि ठाउँमा उभिएर गरेको प्रतिबद्धता स्मरण गरे ।

तर चुनावमा गरेको प्रदेश राजधानी काभ्रे ल्याउने प्रतिबद्धता भने पुरा गर्न नसकेकोमा उनीहरुले मतदातासामु क्षमायाचना गरे ।
हेर्नुस भिडियो

सडकको पहुँच पुर्याउने, प्राविधिक शिक्षा सुरु गर्ने, जडिबुडि प्रशोधन गर्ने जस्तो थुप्रै चुनावी प्रतिबद्धताहरु क्रमश पुरा भइरहेको सांसद लामा र ढकालले बताए । उनीहरुले बागमती प्रदेशको स्थानीय तहहरु मध्ये सबैभन्दा विकट नै महाभारत रहेको बन्दै थप विकासका सम्भावनहरु पहिचान गरी बजेट विनियोजन गर्ने बताए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  १० : १२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय