२०८१, ८ बैशाख शनिबार

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने


धुलिखेल, ४ माघः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले जल पर्यटनका लागि छलफल थालेको छ । नगरपालिकाले जल पर्यटनका लागि इन्द्रावती नदीमा बाँध बाध्ने योजना बनाएको छ ।

नगरपालिकाको वडा नम्बर १० र १२ नम्बर क्षेत्रमा बाँध बाध्ने बारे सरोकारवाला निकायसँग छलफल समेत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि र स्थानीयबीच पहिलो चरणको छलफल भएको हो । नगरपालिकाले बाहुनेपाटी क्षेत्रमा बाँध बाधेर दीर्घकालिन जल पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । ‘यो एकदमै पहिलो चरणको छलफल हो, उनले भने स्थानीय नागरिक सहित सरोकारवाला निकायबाट निकै सकारात्मक सल्लाह र सुझाव आएको छ ।’

नगरपालिकाले २० मिटर अग्लो बाँध बाधेर बोटिङ सञ्चालन र माछा पालन गर्ने योजना बनाएको छ । भू–गर्व विद र जलस्रोत विदसँग अर्को चरणको छलफल गरेर विस्तृत आयोजना प्रतिवेदन तयार गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । हेम्बुल र पाँचपोखरी जाने पर्यटकलाई कम्तीमा एक दिन भएपनि मेलम्चीमा बसाउने नगरपालिकाको उद्देश्य छ । ‘अहिले धेरै पर्यटक हेम्लम्बु र पाँचपोखरी घुम्न पुगिरहनुभएको छ, जादाँ होस या आउँदा, एक रात मेलम्चीमा पर्यटकलाई राख्ने वातावरण सिर्जना गराउन खोजेका हौँ, उनले भने ‘त्यसको लागि अहिलेकै पूर्वाधारले बस्ने अवस्था छैन, हामीले दीर्घकालिन रुपमा सोच्नुपर्छ ।’

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ५ : ५७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता