२०८१, १३ बैशाख बिहीबार

दोलालघाटमा इन्द्रवती नदीको दोहन अझै रोकिएन (भिडियो सहित)

दोलालघाटमा इन्द्रवती नदीको दोहन अझै रोकिएन (भिडियो सहित)


धुलिखेल, २ माघः इन्द्रवती नदीमा दोहन अझै रोकिएको छैन । सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोक गढी नगरपालिका वडा नम्बर ११ मा सञ्चालन भइरहेको क्रसर उद्योगको ज्यादतीका कारण दोलालघाट बजारका स्थानीय मारमा परेका छन् । ब्यवसायीहरुले मनपरी ढंगबाट क्रसर उद्योग सञ्चालन गर्दा इन्द्रवती नदीको रुप नै बदलिएको छ । हिजोआज इन्द्रवती संग्लो भएर बाग्न समेत पाएको छैन ।

क्रसर ब्यवसायीहरुले स्काभेर लगाएर बालुवा उत्खनन् गरिरहेका छन् । प्रारम्भिक वातावरण प्रभाव मूल्याङकन प्रतिवेदनको ठीक उल्टो इन्द्रवती नदीको दोहन भइरहेको छ । ब्यवसायीहरुले बालुवा उत्खनन गरेर खाल्डो नपुरिदिदा र्‍यफ्टिङ गर्न सुनकोशी पुग्ने पर्यटकले ठूलो समस्या झेलिरहेका छन् ।

हेर्नुस भिडियो (सुनकोशी दोहन)

क्रसर ब्यवसायीले बालुवा वासिङ गरेको धमिलो पानी सिधै नदीमा मिसाउँदा पशु चौपाया पनि उस्तै समस्यामा छन् । स्थानीय तहहरुले ठेक्का दिए पनि समय समयमा अनुगमन नगर्दा इन्द्रवती नदीमा ब्यवसायीहरुको मनपरी चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, प्रशासनसहित जिल्ला अनुगमन समितिका पदाधिकारी अनुगमनका लागि पुग्नु अगाबै क्रसर बन्द हुन्छ । अनुगमन टोली फर्किएपछि फेरी नदी दोहन सुरु हुन्छ ।

जिल्लाका सांसददेखि नाम चेलेका नेताहरुको समेत अप्रत्यक्ष संलग्नतामा नदीबाट नदीजन्य वस्तु उत्खनन् हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ११ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने