धुलिखेल, १ माघ: इलाका प्रहरी कार्यालय बनेपाले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बेथानचोक गाउँपालिका वडा नं ५ च्यासिङखर्कका ४७ वर्षीय जितबहादुर तामाङलाई पुस २४ गते पक्राउ गरेको हो ।
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी दिपक गिरीले जानकारी दिए । तामाङले २०७४ साल देखि ज्यानमार्ने धम्की दिदै बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन ।
प्रतिक्रिया