२०८१, १० बैशाख सोमबार

नगरकोट नाम थप्न नगरप्रमुखले नै फेरी प्रस्ताव गरेपछि……..

नगरकोट नाम थप्न नगरप्रमुखले नै फेरी प्रस्ताव गरेपछि……..


धुलिखेल, २८ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले नगरपालिकाको नाममा नगरकोट समावेश गर्ने प्रस्ताव फेरी गरेका छन । सोमबारबाट सुरु भएको छैठौँ नगरसभामा नगरप्रमुख वाइबाले एक्लौटी नगरकोट नाम थप्ने प्रस्ताव गरेको एक सदस्यले बताए ।

यसअघि चौथो नगरसभामा पनि नगरप्रमुखले नगरकोट नाम थप्ने प्रस्ताव गर्दा वडा नम्बर ३ का वडासदस्य रुद्र बहादुर तामाङले प्रतिवाद गरेका थिए । तामाङको प्रतिवादपछि नगरप्रमुख वाइबाले उक्त प्रस्ताव थाति राखेका थिए । तर अहिले छैठौँ नगरसभामा पुनः प्रस्ताव लगेपछि आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेत चकित परेका छन ।

नगरपालिकाको नाम फेर्ने जस्तो विषयमा पनि पार्टीभित्र कुनै छलफल नभएको गुनासो पार्टी नेता तथा कार्यकर्ताले गरेका छन । नगरप्रमुखले एक लौटी रुपमा नाम थप्ने प्रस्ताव लगेको उनीहरुको भनाई छ ।

नगरपालिकाको प्रशासनिक भवन समेत सारेकोमा स्थानीय असन्तुष्ट छन । वडा नम्बर ७ स्थित डेडी थुम्का पब्लिक क्याम्पसको भवन रहेको स्थान मनमति डाँडामा नगरपालिकाको नयाँ भवन बन्ने छ ।

सोमबारबाट सुरु भएको नगरसभामा विभिन्न प्रस्तावहरु छलफलका लागि प्रस्तुत गरिएकोे छ । यो पटक पनि नगरकोट नाम थप्न प्रस्ताव परेको छ । प्रस्तावमाथि माघ ३ र ४ गते दफाबार छलफल हुनेछ । प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रतिनिधि नगरसभामा गएपनि उपस्थितिमा हस्ताक्षर गरेनन । उनीहरुले नगर शिक्षा ऐन संशोधन गर्न नहुने माग गरेका छन ।

९ सडक र नगरस्तरीय स्वास्थ्य चौकी निर्माण सम्बन्धी विशेष प्रस्ताव पनि दर्ता भएका छन । हिउँदे सभालाई पालिकाका लागि आवश्यक पर्ने विभिन्न ऐन, कानुन, नीति, कार्यविधि पारित गर्ने सभाको रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ६ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने