२०८१, ७ बैशाख शुक्रबार

काभ्रेको पक्षमा खाँचो ६९ !

काभ्रेको पक्षमा खाँचो ६९ !


धुलिखेल, २१ पुस: प्रदेश ३ को राजधानीको विषय निकै पेचिलो बनेको छ । निकै रस्साकस्सी पनि । यसअघि पनि काभ्रेले प्रदेश राजधानीको दाबी गरेकै हो । यो पटक पनि छोड्ने अवस्था देखिदैन । तर आफ्नो पक्षमा हुने कुनै अवस्था सिर्जना भइसकेको छैन ।

सबै हिसाबले काभ्रे प्रदेश तीनको राजधानीका लागि उपयुक्त जिल्ला पनि हो । तर सोमबारसम्मको घटनाक्रमले अर्को मोड लिइसकेको छ । नेकपा केन्द्रिय सचिवालय बैठकले स्थानीय राजधानी हेटौँडा र बागमती नाम राख्ने निर्णय गरिसकेको छ ।

प्रदेश तीनको पाँचौ अधिवेशन २३ गते बस्दै छ । अधिवेशनले स्थायी राजधानी र नामकाबारे कार्यविधि पास गर्ने छ । त्यसपछि स्थायी राजधानीको बारेमा परेका प्रस्ताव उपर छलफल हुन्छ ।

काभ्रेबाट प्रतिनिधित्व गर्ने सांसदहरुले काभ्रेको नाम प्रस्ताव गर्ने तयारी गरेका छन । तर मत पाउने आश निकै झिनो छ ।

काभ्रेको पक्षमा ६९ मत खाँचो

सकेसम्म त मतदान नै हुने छैन । किन भने पार्टी हेडक्वारबाटै निर्देशन जारी भइसकेको छ । काभ्रेबाट प्रदेशसभामा ५ जनामा सांसद छन् । प्रदेश नम्बर तीनका १३ जिल्लाबाट ११० जना सांसद छन । जसमा दुई तिहाई अर्थात ७४ भोट पक्षमा हुनुपर्ने छ । काभ्रेको पक्षमा प्रदेश राजधानी हुनका लागि ६९ मत आवश्यक पर्छ ।

स्वस्फूर्त स्वपमा मतदान गर्ने वातावरण बन्यो भने काभ्रेको पक्षमा दुई तिहाई भन्दा बढी मत प्राप्त हुन्छ । तर पार्टीले यस अघि नै अंकुश लगाइसकेको छ ।

हेटौँडामै रहेका सांसद बसुन्धरा हुमागाईले काभ्रेको पनि नाम प्रस्ताव गर्ने बताए । उनका अनुसार स्वस्फूर्त स्वपमा मतदान भयो भने काभ्रेको पक्षमा दुईतिहाई भन्दा बढी मतदान जुट्छ । तर त्यो अवस्था रहने छैन ।

पार्टी केन्द्रले हेटौँडाको पक्षमा मतदान नगरेर सांसद पद नै खोस्ने सम्मको ह्वीप जारी गरेको धेरै सांसदले बताएका छन् । सांसद हुमागाईले अन्तिम अवस्थासम्म पनि आफुहरुको दाबी नछोड्ने र पार्टीको ह्वीप नमान्ने बताए ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ३ : १८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता