२०८१, ८ बैशाख शनिबार

काभ्रे प्रदेश ३ को राजधानी बन्ला ? के गर्दैछन हेटौँडा पुगेका काभ्रेली सांसद ?

काभ्रे प्रदेश ३ को राजधानी बन्ला ? के गर्दैछन हेटौँडा पुगेका काभ्रेली सांसद ?


धुलिखेल, २० पुस हेटौडाँमा नेकपा संसदीय दलको बैठक चालिरहेको छ । काभ्रेका सासंद पनि अहिले बैठकमा सहभागि हुन हेटौडा नै छन । बैठकमा ३ नं. प्रदेश भित्रका १३ जिल्ला मध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुईतिहाई भन्दा बढी सदस्यहरुले हेटौडा स्थायी राजधानी उपयुक्त छैन भन्ने धारणा बाहिर ल्याउदा पनि नेकपा भित्र भने पार्टीको ह्वीप जारीले नेकपाका प्रदेश सदस्यलाई थप गलपासो बनेको छ ।

अस्थायी रुपमा चल्दै आएको मकवानपुरको हेटौंडालाई नै प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउने नेकपा सचिवालयको निर्णयलाई काभ्रेका सांसदहरुले नमान्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले ३ नम्बर प्रदेशको नाम बागमती र हेटौँडा राजधानी तोक्न निर्देशित गरेपछि काभ्रेबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु आक्रोशित हुँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

हेटौडाँमा पुगेका काभ्रेका कुन सांसदले के भने ?
सांसद बसुन्धरा हुमागाईले काभ्रेमा राजधानी नबनाउन नेकपा भित्र निकै चलखेल भएको बताउदै काभ्रेको बिरुद्धमा अदृश्य शक्तिको समेत चलखेल बढेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुईतिहाई बहुमत भन्दा बढी काभ्रेको पक्षमा मतदान हुने दाबी गरे । उनले भने–‘हामी ईतिहास रचेर जान्छौ, काभ्रेको पक्षमा मतदान गर्छौ, हाम्रा सन्ततीले हामीलाई धिक्कार्ने बाटो दिदैनौ ।’

पार्टीको लिखित निर्देशक नआएकाले सुझाबलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सांसदहरुको भनाई छ ।
अर्का प्रदेश सांसद रत्न ढकालको पनि उस्तै भनाई छ । उनले भने–‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छौ, बहुमत सांसदहरुको चाहना हेटौडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र बिभिन्न खालका प्रलोभन बाडेर काभ्रेको पक्षमा दुईतिहाई पुग्न नदिने षडयन्त्र भईरहेको छ ।’ उनले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुखद भएको बताउदै संबैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गरे ।

अर्का प्रदेश सांसद लक्ष्मण लम्सालले हेटौडा मै पनि पार्टीको गटहरुको भेला हुनु दुखद भएको बताउदै अन्तिमअ समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताए ।

अर्का सांसद चन्द्र लामाले भोली २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउदै संविधान र पार्टीको विधान विपरित निर्णय आउनु विडम्बना भएको बताए । उनले भने–‘पार्टीको जस्तो सुकै निर्देशन आओस, काभ्रे मै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नु पर्छ भन्ने छैन, मतदानमा फ्लोर क्रस हुन्छ, हुन्छ ।’

अहिले हटौडाका प्रदेश सांसदहरुको बस्ने खाने समेत टुङ्गो नहदा र होटलमा बस्नु पर्दा तलब समेत नबच्ने गरेको गुनासो गरेका छन् ।
हेटौडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोर गर्नुपर्ने बाध्यता समेत रहेको भन्दै अधिकांश सांसदले प्रदेश राजधानी हेटौडा अनुपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

के काभ्रे राजधानी हुन्छ ?
प्रदेशसभा सदस्यहरुले अझै पनि काभ्रेलाई राजधानी बनाएरै छाड्ने दावी गरेका छन् । तर पार्टी नेतृत्वले भने अब ह्वीप जारी गर्ने भएको छ । कडा अनुशासित भनेर चिनाइने कम्युनिस्ट पार्टीका कार्यकर्ताले पार्टीको ह्वीपलाई कसरी लिनेछन् भन्ने कुरा भने हेर्न बाँकी रहेको छ । तर पनि प्रदेशसभामा दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा रहेकाले पार्टी केन्द्रले निर्देशन दिँदैमा नहुने उनीहरुको तर्कले भने पार्टीसँग राम्रै मुकाविला गर्ने संकेत दिएको छ ।

प्रस्ताव दर्ता गर्ने प्रदेश सांसद लामा भन्छन्, ‘कुनै हातलमा काभ्रेमा राजधानी लगिन्छ । पार्टीले यो विषयमा ह्वीप लगाउँदैन । हामी यो विषयमा लचिलो हुनेछैनौँ ।’ भोट माग्नका लागि मात्रै होइन, सबैलाई उपयुक्त हुने भएकाले पनि काभ्रेलाई राजधानी बनाउने न्यायोचित छ, उनले भने, पार्टीले यो विषयमा पुनर्विचार गरोस् । मलाई विश्वास छ प्रदेशसभा बैठकमा मेरो प्रस्तावलाई दुइतिहाई मतले पास गर्नेछन् ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  १ : ४५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता