२०८०, १६ चैत्र शुक्रबार

होटल सारथीको पाँचौं बार्षिक साधारण सभा, १८ महिनाभित्र अर्को नयाँ भवन बन्ने

होटल सारथीको पाँचौं बार्षिक साधारण सभा, १८ महिनाभित्र अर्को नयाँ भवन बन्ने


धुलिखेल, २० पुसः काभ्रेको धुलिखेलमा रहेको होटल सारथी प्रा. लिको पाँचौ बार्षिक साधारण सभा सकिएको छ । शनिबार भएको बार्षिक साधारण सभामा प्रा.लि. का अध्यक्ष प्रल्हाद प्यकुरेलले पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै विभिन्न खालका योजनाहरु साधारण प्रस्तुत गरेका थिए ।

धुलिखेल तथा आसपासमा रहेका यूवाहरुबाट २५ करोडको लागनीमा ९ महिनाअघि देखि होटल सुरु गरिएको थियो । धुलिखेलमा उत्कृष्ट होटलको रुपमा आफ्नो नाम राख्न सफल भएको उक्त होटलले १८ रोपनी भन्दा बढी आफ्नै जग्गामा व्यवसाय सुरु गरेको हो ।

कार्यक्रममा होटलको हाल सम्मको आम्दानी, खर्च, भावी योजना तथा पर्यन बर्ष २०२० लाई व्यवसायिक रुपमा अगाडि बढाउने नीति सहित शेयर धनीहरुको सुझाव समेत लिएको थियो । विभिन्न पेशा तथा व्यवसायमा संलग्न शेयर धनीहरु रहनु भएको उक्त होटलमा उद्योगी, व्यवसायी, सहकारीकर्मी, गैह सहकारी निकायका विभिन्न ब्यक्तिको सहभागिता रहेको छ ।

२३ वटा रुम सहित २ सय जनाभन्दा बढीका लागि कार्यक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ । धुलिखेल बसपार्कबाट १.५ कि. मि.को दुरीमा रहेको होटलबाट विभिन्न हिम श्रृंखलाहरुको दृष्य राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

राम्रो पार्किङ स्थल, मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई पनि एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण होटल सारथीमा रहेको छ ।

होटलले १८ महिना भित्र सम्पन्न हुने गरी ५० वटा कोठाको अर्कौ भवन निर्माण गर्नका लागि कार्य प्रारम्भ सुरु गरिसकेको छ । ३५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त भवनमा विभिन्न खालका सुविधा सम्पन्न रुमहरु हुनेछन् । साधारणसभाले नयाँ भवनको काम सुरु गर्न सञ्चालक समितिलाई अख्यिारी समेत दिइसकेको छ ।

नयाँ भवन सुरु भइसकेपछि होटल ७३ वटा रुम सहितको अवस्थामा आउनेछ । यूवाहरु मिलेर आफ्नै माटोमा केहि गरौ भन्ने सोचका साथ सुरु भएको यस होटलले स्थानीयलाई क्षमताका आधारमा रोजगारी प्रदान गर्ने लक्ष्य समेत लिएको छ ।

अहिले उक्त होटलले ३० जना भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रोजागरी दिन सफल भएको छ । होटल सञ्चालन गर्दै आएको समुह अन्तर्गत रहेका सारथी सहकारी, सारथी मार्ट, सारथी फाउण्डेसन तथा अन्य समुदायमा आधारित कार्यक्रमलाई थप ब्यवस्थित र प्रभावकारी बनाउने पनि साधारणसभाले सभामा पारित गरेको छ ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ९ : २२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय