२०८१, ११ बैशाख मंगलबार

काभ्रेबाट अनेरास्ववियुको केन्द्रिय कमिटीमा ११ जना चयन

काभ्रेबाट अनेरास्ववियुको केन्द्रिय कमिटीमा ११ जना चयन


धुलिखेल, १९ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबैभन्दा ठूलो भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रिय कमिटीमा काभ्रेबाट ११ जना चयन भएका छन । मुलपार्टी पूर्व एमाले र पूर्व माओवादी एकता भएपछि संगठनको एकता प्रक्रिया टुंग्याउने क्रममा काभ्रेबाट झण्डै एक दर्शनले केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

जिल्लाबाट जेनिश लामा, समिक बडाल, यशु लामा, निरोज पाण्डे, सालिकराम पराजुली, रुपक खनाल, सञ्जय लामा, गोविन्द बाँनिया, दूधराज लामा र सुन्दर खड्का केन्द्रिय समितिमा परेका हुन ।

त्यस्तै केन्द्रिय अनुशासन आयोगमा काभ्रेबाट हरिषचन्द्र घिमिरेले प्रतिनिधित्व गर्ने भएका छन् । अनेरास्ववियूको एकता टुंगिएसँगै केन्द्रिय कमिटी ३ सय ३५ सदस्यीय भएको छ । पूर्व एमालेका १ सय ८० र पूर्व माओवादीका १ सय ५५ जना विद्यार्थी समावेश गरी केन्द्रिय कमिटी निर्माण गरिएको हो ।

अनेरास्ववियुको केन्द्र संयोजकमा पूर्व एमालेबाट ऐन महर र पूर्व माओवादीबाट रञ्जित तामाङ सह संयोजकमा रहनुभएको छ । केन्द्रमा संगठन एकता भएसँगै अब जिल्ला जिल्लामा पनि एकताको प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  १ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने