२०८१, १० बैशाख सोमबार

मण्डनदेउपुरको तीनधारामा तामाङ एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया सुरु

मण्डनदेउपुरको तीनधारामा तामाङ एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया सुरु


धुलिखेल, १७ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, तीनधारामा एकीकृत बस्ती निर्माणको काम शुरु भएको छ । आज जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) नगरपालिका र एकीकृत बस्ती निर्माण उपभोक्ता समिति बीच सम्झौता गरिएको छ ।

त्रिपक्षीय सम्झौतामा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमूख महालक्ष्मी जोशी, नगरप्रमूख टोक बहादुर वाइबा र उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङले हस्ताक्षर गरेका छन् ।

एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गरिने छ । तामाङ समुदायको मात्रै बसोबास रहेको तीनधारामा ३० ओटा घर निर्माण हुनेछन । यी घर निर्माणका लागि १४ जना जग्गाधनीले आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गा एकीकृत बस्ती निर्माण उपभोक्ता समितिको नाममा मञ्जुरी दिने छन् । भूकम्पले सबै घर भत्काएपछि तीनधाराका स्थानीय नमूना एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।

यसैबीच मण्डनदेउपुर नगरपालिकाभित्र ६८ प्रतिशत घर पुनःनिर्माण भएको छ । आज नगरपालिकामा भएको छलफलमा दिइएको जानकारी अनुसार १२ वटा वडा रहेको नगरपालिकामा ६८ प्रतिशत घर निर्माण सकिएको हो । नगरपालिकामा ९ हजार ८१ लाभग्राहि छनौट भएका थिए ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ७ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने