२०८०, ४ आश्विन बिहीबार

माघ २० गते काभ्रेलाई पुर्णसाक्षर जिल्ला घोषणा गर्न सरोकारवाला प्रतिबद्ध

माघ २० गते काभ्रेलाई पुर्णसाक्षर जिल्ला घोषणा गर्न सरोकारवाला प्रतिबद्ध


धुलिखेल, १२ पुसः काभ्रे जिल्लालाई यहि माघ २० गते पूर्णसाक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको १३ तहमध्ये ६ वटा स्थानीय तह साक्षर हुन बाँकी छन ।

तर शनिबार धुलिखेलमा भेला भएका जिल्लाका स्थानीय तहका प्रमूख, उपप्रमूख र साक्षरता अभियानमा सहभागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधिले आउँदो माघ २० गते जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन । शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानो ठिमीले आयोजना गरेको कार्यक्रम सहभागि उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

जिल्लाको धुलिखेल, बनेपा, मण्डनदेउपुर, पनौती नगरपालिका तथा खानीखोला, तेमाल र भूम्लु गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । यहि पुस २५ गते बेथानचोक, २७ गते महाभारत, २८ गते चौरिदेउराली गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिने जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसीले बताए । त्यस्तै माघ १० गते नमोबुद्ध र पाँचखाल नगरपालिकालाई साक्षत नगरपालिका घोषणा गरिनेछ । सोहि रोशी गाउँपालिकालाई पनि साक्षर घोषणा गरिने प्रमूख केसीले जानकारी दिए ।

हरेक स्थानीय तहमा रहेका १५ वर्षदेखि माथि उमेर समूहका निरक्षर ब्यक्ति मध्ये ९५ प्रतिशत साक्षर भएपछि मात्रै साक्षर घोषणा गर्न पाउने ब्यवस्था छ ।

प्रकाशित मिति : २०७६, १२ पुस शनिबार  ४ : ०६ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका