२०८०, ४ आश्विन बिहीबार

तेमाल गाउँपालिकामा निबन्ध र हारिजी जवाफ प्रतियोगिता

तेमाल गाउँपालिकामा निबन्ध र हारिजी जवाफ प्रतियोगिता


धुलिखेल, ११ पुसः काभ्रेको तेमाल गाउँपालिकामा हाजिरी जवाफ र निबन्ध प्रतियोगिता सकिएको छ । ‘तेमालको अभियान, प्रतिभाको पहिचान’ भन्ने नाराका साथ पालिकाले आज आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ र माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो ।

हाजिरी जवाफ प्रतियोगीतामा पालिकाभित्रका १८ वटा आधाभूत विद्यालय सहभागी भएका थिए । त्यसैगरी निबन्ध प्रतियोगितामा १० वटा माध्यामिक विद्यालय सहाभागी भएको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो ।

हाजिरी जवाफ प्रतियोगितामा सर्बोद्धार मावि प्रथम, राधाकृष्णा मावि द्वितिय र पञ्चकन्या मावि तृतिय भएका छन । निबन्ध प्रतियोगितामा भने पञ्चकन्या माध्यमिक विद्यालय प्रथम, तेमाल माध्यमिक विद्यालय द्वितिय र नारायस्थान माध्यमिक विद्यालय तृतिय भएका छन ।

उत्कृष्ट विद्यालयहरुलाई पालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले वितरण गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्षहरु, प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, शिक्षा शाखाका साथै विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षक सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ६ : ३३ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका